Logo जेठ ३०, २०७८ आइतबार


हेलम्बू गाउँपालिकाका अध्यक्षसहित १८ जना काेराेनामुक्त

सिन्धुपाल्चाेक ।  कोभिड–१९ को संक्रमण भएका हेलम्बु गाउँपालिकाका अध्यक्ष लगायत अन्य व्यक्तिहरु निको भएका छन् । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, बैंकका कर्मचारी र गाउँपालिकाका कर्मचारीसहित अन्य १८ जना संक्रमितमध्ये सबैकाे रिपाेर्टमा संक्रमणमुक्त देखिएकाे हाे ।

कोरोनासँग मिल्दोजुल्दो लक्ष्यण भएका अन्य ३९ जनाको स्वाब परीक्षणको लागि पठाइएकोमा सबैकाे रिपोर्ट कोरोना नभएको आएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ज्ञोनेन्द्र सिग्देलले जानकारी दिनुभयो ।

अहिले हेलम्बुमा कोरोना संक्रमितको संख्या ६ रहेको छ । हेलम्बु गाउँपालिका वडा नम्बर २ का ३ जना वडा नम्बर ३ को १ जना, वडा नम्बर ४ को १ जना र ६ नम्बर वडाको १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गाउँपालिकाले निषेधाज्ञालाई थप कडाइ गर्ने जनाएको छ । निषेधाज्ञाकै समयमा पनि इमरजेन्सि स्वास्थ्य सेवाहरु सुचारु भइरहेको भन्दै कोही कसैलाई स्वास्थ्यसँग सम्बन्धित कुनै समस्या, जिज्ञासा भएमा नजिकैको स्वास्थ्य संस्था वा गाउँपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्न गाउँपालिकाले अनुरोध गरेको छ ।

गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हेलम्बुमा निषेधाज्ञाको पूर्ण पालना भइरहेको बताउनुभएको छ । उहाँले यो विषम परिस्थितिमा गाउँपालिकाको अनुरोधलाई पालना गरिदिनु भएकोमा सबै गाउँपालिका बासिमा धन्यवाद दिनुभएको छ । अध्यक्ष शेर्पाले आफूले कोरोना जितिसकेको भन्दै अब गाउँपालिका बासिको सेवामा खटिने बताउनुभयो । उहाँले आफ्ना नागरिकमा कुनै समस्या भए तुरुन्त गाउँपालिकामा खबर गर्न समेत आग्रह गर्नुभएको छ।

मातृशोकमा पर्नुभएका शेर्पाले अब छिट्टै नियमित कामकाजमा फर्किने जानकारी दिनुभयो । यस्तो महामारीमा पनि आफन्त, गाउँपालिकाबासी, सुभचिन्तक लगायतले देखाउनुभएको सहानुभूति प्रति अध्यक्ष शेर्पाले धन्यवाद दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…