Logo जेठ ३०, २०७८ आइतबार


नयाँ प्रधानमन्त्रीमा महन्थ ठाकुरको नाम प्रस्ताव, जसपाद्वारा दलहरूसँग छलफल शुरु

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले अध्यक्ष महन्थ ठाकुरलाई नयाँ प्रधानमन्त्रीमा प्रस्ताव गरेको छ। जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले ठाकुरलाई नयाँ प्रधानमन्त्रीमा प्रस्ताव गर्नुभएको हो ।

शुक्रबार बिहान बसेको जसपा (यादव समूह) बैठकले ठाकुरलाई प्रधानमन्त्रीमा प्रस्ताव गरिएको अध्यक्ष यादवले बताउनुभयो । उहाँले अन्य दलहरूसँग परामर्श गर्ने तथा अन्य दलका नेताहरूसँग सम्वाद शुरु भएको बताउनुभयो।
‘अहिलेको अवस्थामा ठाकुर प्रधानमन्त्रीका लागि उपयुक्त पात्र हुुनुहुन्छ, उहाँले भन्नुभयो, ‘महन्थ ठाकुर प्रधानमन्त्री बन्न तयार हुनुभएको छ ।’

केही दिनअगाडि जसपाका दुई अध्यक्ष ठाकुर र यादवबीच प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा नजाने बरू आफ्नै नेतृत्वमा सरकार बन्ने अवस्था आए अगाडि बढ्ने सहमति भएको थियो ।

संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री हुनु भएका ओलीले विश्वासको मत नलिई र राजीनामा नदिई राष्ट्रपतिले बिहीवार संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार बनाउन दलहरूलाई आह्वान गर्नुभएको थियो ।

अध्यक्ष यादवले राष्ट्रपतिको कदम संविधानविपरीत भएको बताउनुभएको छ। अरू दलसँग परामर्श गरेर जसपा अगाडि बढ्ने उहाँको भनाइ छ ।

राष्ट्रपतिले शुक्रबार साँझ ५ बजेभित्र संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार आह्वान बनाउन समय दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…