Logo जेठ ३०, २०७८ आइतबार


राष्ट्रसंघद्वारा नेपालका लागि अन्तराष्ट्रिय सहयोगको आह्वान

काठमाडौं । नेपालस्थित संयुक्त राष्ट्रसंघ र यसका साझेदारहरुले नेपालका आर्थिक रुपमा कमजोर व्यक्ति र समुदायका लागि अन्तराष्ट्रिय सहयोगको लागि आह्वान गरिएको छ ।

आपतकालीन कोभिड–१९ योजना जारी गर्दै राष्ट्रसंघले महामारीबाट प्रभावित सबैभन्दा प्रभावित समुदायका ७ लाख ५० हजार जनालाई आगामी ३ महिनासम्म सहयोग पुर्‍याउनका लागि एउटा आपतकालीन प्रतिकार्य योजना परिचालन गर्न ८ करोड ३७ लाख अमेरिकी डलर बराबरको सहयोगका लागि आह्वान गरेको हो ।

नेपाल सरकारको प्रतिकार्य प्रयासहरुलाई बल पुर्‍याउन आवश्यक सहयोगका महत्वपूर्ण क्षेत्रहरु समावेश गरिएको यस योजनालाई नेपाल मानवीय सहायता सम्बन्धी समूह र नेपाल सरकारको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट अनुमोदित भइसकेको राष्ट्रसंघ कार्यालयले जनाएको छ ।

अहिलेको प्रकोपले स्वास्थ्य क्षेत्रमा मात्र नभइ सबै क्षेत्रहरुमाथि विनाशकारी प्रभाव पारिरहेको र त्यसबाट नेपाली समाजका सबैभन्दा गरिब तथा सीमान्तकृत व्यक्तिहरु बढी प्रभावित हुन पुगेको नेपालस्थित राष्ट्रसंघीय आवासीय संयोजक सारा बेयसोलो न्यान्तीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…