Logo जेठ ३०, २०७८ आइतबार


शपथ सम्बन्धी अध्यादेश राजपत्रमा प्रकाशित, यस्तो छ शपथको नयाँ ढाँचा

काठमाडौं । शपथ सम्बन्धी अध्यादेश राजपत्रमा प्रकाशित भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार जारी गर्नुभएको शपथ सम्बन्धी अध्यादेश राजपत्रमा प्रकाशित गरिएको हो ।

नयाँ अध्यादेशमा सार्वजनिक पद धारण गरेको पदाधिकारीले कार्यभार सम्हाल्नुअघि शपथ लिनुपर्ने व्यवस्था गरेको छ। त्यस्तो शपथ सम्बन्धित पदाधिकारीले नेपाली भाषामा लिनुपर्ने व्यवस्था अध्यादेशमा छ। तर, आफ्नो मातृभाषामा शपथ लिन चाहने पदाधिकारीलाई पनि अध्यादेशले रोक लगाएको छैन। शपथलाई अनुवाद गरेर आफैंले प्रमाणित गरी मातृभाषामा शपथ लिन सकिने व्यवस्था अध्यादेशमा छ।

नयाँ अध्यादेशले तोकेको शपथको ढाँचा सार्वजनिक पद धारण गरेका सबै पदाधिकारीका लागि हो। तर, अन्य कानूनमा ढाँचा तोकिएका पदाधिकारीले भने सोही बमोजिम नै शपथ लिने व्यवस्था छ। अहिले प्रधानमन्त्री तथा मन्त्रीहरूको शपथको ढाँचा मात्र अन्य कानूनमा नतोकिएका कारण यो ढाँचा मुख्यतः उनीहरूकै लागि लागू हुनेछ।

नयाँ अध्यादेशले शपथ गर्दा सार्वजनिक पदाधिकारीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्दावली हटाएको छ। त्यसको सट्टा उनीहरूले ‘ईश्वर वा देश र जनता’का नाममा शपथ लिन्छु भन्नुपर्नेछ। ‘ईश्वर वा देश र जनता’ मध्ये कसको नाममा शपथ लिने हो, शपथ गर्नुपूर्व आफूलाई शपथ गराउने पदाधिकारीलाई त्यसबारे जानकारी दिनुपर्ने व्यवस्था अध्यादेशमा छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।