Logo जेठ ३०, २०७८ आइतबार


शितल निवासलाई सीधा पत्र लेखेका सांसद राईको हस्ताक्षर नै नभएको खुलासा

काठमाडौं । विपक्षी गठबन्धनले राष्ट्रपति कार्यालयमा बुझाइएको १ सय ४९ जना सांसदको हस्ताक्षरमा आफ्नो हस्ताक्षर किर्ते गरेको एमाले सांसद जयकुमार राईको दाबी झुठो साबित भएको छ ।

सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित एमालेका सांसद राईले आफूले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा कुनै हस्ताक्षर नगरेको व्यहोरा लेख्दै शीतल निवासमा सोझै पत्र प्रेषित गर्नुभएको थियो । पत्रमा उहाँले आफू पार्टी अध्यक्ष केपी शर्मा ओली बिरुद्ध जान नसक्ने उल्लेख गर्नुभएको छ ।

तर राष्ट्रपति कार्यालयमा बुझाइएको १४९ जनाको हस्ताक्षरमा एमाले सांसद राईको हस्ताक्षर नै नभएको पाइएको हो । एमालेका वरिष्ठ नेता माधव नेपाल समूहका नेता बिरोध खतिवडाले विपक्षी गठबन्धनका तर्फबाट बुझाइएको सांसदको हस्ताक्षरमा राईको हस्ताक्षर नरहेको जानकारी दिनुभएको छ ।

राई बैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने क्रममा अनुपस्थित रहनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…