Logo जेठ ३०, २०७८ आइतबार


चीनले उपलब्ध गराएको ३० हजार लिटर तरल अक्सिजन तातोपानी आइपुग्यो

काठमाडाैं । चीन सरकारले नेपाललाई अनुदानमा दिने अक्सिजन र स्वास्थ सामाग्री अन्र्तगत आज तातोपानी नाकामा अक्सिजन र स्वास्थ सामाग्री आइपुगेको छ ।

३० हजार लिटर परिणामका एक सय ५० थान तरल अक्सिजन सिलिन्डर तथा स्वास्थ्य सामाग्री आइपुगेको तातोपानी सुख्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख नारद गौतमले जानकारी दिनुभयो ।

उक्त लिक्विड अक्सिजनबाट ४० केजी क्षमताको ६ हजार सिलिन्डर अक्सिजन भरिने प्रमुख गौतमले बताउनु भएको छ। उक्त अक्सिजन र स्वास्थ सामाग्री बुझन स्वास्थ सेवा विभागका महानिर्देशक डा। दीपेन्द्रमान सिंह तातोपानी नाका आइपुगेका छन् । चिनियाँ सरकारका प्रतिनिधिबाट उनले उक्त अक्सिजन र स्वास्थ सामाग्री बुझेको भन्सार प्रमुख गौतमले बताए ।

‘अक्सिजन भरिएका सिलिन्डर भन्सारमा जाँचपास गरिदै छ,’ जाँचपास सकिने बित्तिकै आज नै उक्त अक्सिजन भरिएको सिलिन्डर काठमाडौं पठाउने तयारी रहेको प्रमुख गौतमले बताएका छन्।

लिक्विड अक्सिजनले भरिएका सिलिन्डर बिस्तारै लैजानु पर्ने भएका कारण राजधानी आज राती पुग्ने पनि गौतमले जानकारी दिए।

चीनले अनुदानमा नेपाल सरकारलाई अनुदानमा दिइने भनिएको अक्सिजन तातोपानी नाकाबाट आउन थालेको छ । गाेरखापत्र दैनिकमा प्रकाशित समाचार अनुसार १८ हजार थान अक्सिजन सहितको सिलिन्डर दिने चीनको प्रतिबद्धता अनुरुप बाँकी अक्सिजन भोलिदेखि आइरहने गौतमले बताउनुभएको छ । यसअघि चीनबाट नेपाली ब्यापारीहरुले जेठ ३ गतेदेखि अक्सिजन सिलिन्डर ल्याउन थालेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।