Logo जेठ ३०, २०७८ आइतबार


संसद विघटनविरुद्ध सर्वाेच्चमा रिट दिन १४९ सांसद नागरिकतासहित सिंहदरवारमा हस्ताक्षर गर्दै

काठमाडौं । विपक्षी गठबन्धनका नेता तथा विघटित संसदका १४९ जना निवर्तमान सांसदहरू सर्वोच्च जाने तयारीका लागि सिंहदरबारमा भेला हुन थालेका छन् ।

राष्ट्रपति र प्रधानमन्त्रीले संसद विघट तथा संविधानकाे धारा ७६(५) अनुसार १४९ सांसदकाे हस्ताक्षरसहित प्रधानमन्त्री पदकाे दाबी गर्नुभएका कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुोक्त नगरेरेर असंवैधानिक काम गरेकाे भन्दै गठबन्धन सर्वाेच्चमा रिट दिने तयारीका लागि हस्ताक्षर गर्न सिंहदरवार भेला भएका हुन् ।

संविधानको धारा ७६ को उपधारा ५ बमोजिम वहुमत सांसदको हस्ताक्षर बुझाउँदा पनि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नबनाइएको भन्दै कानूनी लडाइँका लागि विपक्षी गठबन्धनका नेता तथा विघटित संसदका सांसद सर्वोच्च जाने तयारीमा छन् ।

देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १४९ जना सांसदको तर्फबाट दायर हुन लागेको रिटमा हस्ताक्षर गरेर सबैजना भौतिक रूपमा नागरिकतासहित अदालतमा उपस्थित हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…