Logo असार १, २०७८ मंगलबार


बादललाई हराएका देवकोटालाई धम्की !

काठमाडौं । जेठ ६ गते बागमती प्रदेशमा भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा निर्वाचित खिमलाल देवकोटाले आफूलाई धेरैजनाबाट धाक धम्की आएको बताउनुभएको छ ।

उहाँले चुनावबाट ब्याक हुन आफूलाई धेरै जनाले थर्काएको बताउनुभएको हो । आइतबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै देवकोटाले त्यसरी फकाउने र थर्काउनेको नाम समयक्रममा आवश्यक परे सार्वजनिक गर्ने उल्लेख गर्नुभएको छ ।
केहीको त आफूसँग भ्वाइस रेकर्ड नै सुरक्षित रहेको देवकोटाले बताउनुभएको छ । तर धाक र धम्कीबाट आफू विचलित नभइ उम्मेदवारीमा अडिग रहेको उहाँले उल्लेख गर्नुभएको छ । आफू विचलित भएको भए आफ्नोमात्र हैन आफूजस्ता स्वतन्त्र रूपमा कलम चलाउने वुद्धिजीवीको समेत इज्जत प्रतिष्ठा जाने उहाँको भनाइ छ ।

जेठ ६ मा सम्पन्न उपनिर्वाचनमा तत्कालीन गृहमन्त्री एंव नेकपा एमालेका उम्मेदवार रामबहादुर थापालाई पराजित गरी देवकोटा राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…