Logo जेठ ३०, २०७८ आइतबार


१६ वर्षीय सोनाम शेर्पाले गरे सगरमाथाको सफल आरोहण

काठमाडौँ । ताप्लेजुङका १६ वर्षीय सोनाम शेर्पाले सगरमाथाको सफल आरोहण गर्नुभएको छ ।

सोनाम आफ्ना बाबु पूर्णकुमार शेर्पासँगै आइतबार बिहान ८ः ५० बजे सगरमाथाको शिखरमा पुग्नु भएको हो ।

दुवै जना हिमालयन गाइड्स नेपाल ट्रेक एन्ड एक्सपिडिशन प्रालिमार्फत आरोहणका लागि जानुभएको थियो । ‘फादर एण्ड सन क्लाइमेट चेन्ज क्याम्पेन एक्सपेडिशन २०२१’ नाम दिएर सोनामले सगरमाथा आरोहण गर्नुभएको हो । आवश्यक तयारीका लागि उहाँ एक महिनाअघि नै बेस क्याम्प जानुभएको थियो ।

यसैबीच पर्यटन विभागले सोनामको उमेरका सम्बन्धमा आवश्यक छानविन गर्ने भएको छ । एक्सपेडिशन रिपोर्ट आएपछि विभागले छानविन गर्ने र आरोहण पुष्टि भए आधिकारिकता प्रदान गरिने विभागकी निर्देशक मीरा आचार्यले बताउनुभयो । सोनामको उमेर प्रमाणित भए
सबैभन्दा कान्छो आरोही हुन सक्ने आचार्यको भनाइ छ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले चैत २६ गते मात्रै सोनामले जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएको जानकारी दिनुभयो । उहाँको नागरिकतामा जन्म मिति विसं २०६१ फागुन १५ गते उल्लेख रहेको पाण्डेले बताउनुभयो ।

१६ वर्ष मुनिकाले सगरमाथा आरोहण गर्न नपाउने व्यवस्था छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…