Logo जेठ ३०, २०७८ आइतबार


राष्ट्रपतिबाट नागरिकता अध्यादेश जारी, के छ नयाँ अध्यादेशमा ?

काठमाडौं । नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश जारी भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश जारी गर्नुभएको हो ।

जन्मसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिने गरी अध्यादेश जारी भएको बताइएको छ । हाल जन्मको आधारमा नागरिकता पाएका व्यक्तिको सन्तानले वंशजको नागरिकता नपाउने व्यवस्था थियो ।

मधेसकेन्द्रित दलको मागअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकतासम्बन्धी अध्यादेश मन्त्रिपरिषदबाट पारित गराउनुभएको थियो ।यसलाई मधेसवादी दलको ठूलो उपलब्धी मानिएको छ ।

नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभामा २ वर्षभन्दा अघिदेखि छलफलका क्रममा छ । तर सरकारले संसद विघटन गरेपछि अध्यादेशबाट नागरिकता ऐन ल्याएको हो ।

के छ नयाँ अध्यादेशमा ?

अध्यादेशमा नेपाल सरत भित्र भन्ने शब्दलाई नेपाल भित्र भनिएको छ। २०७२ साल असोज ३ गते भन्दा अगाडी जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तान १६ वर्ष पुगेपछि वंशजको आधारमा नेपालको नागरिक मानिने उल्लेख गरिएको छ।

यस्तै नेपालको नागरिक आमाबाट जन्म भई नेपालमा नै बसोबास गरेको तर, बाबुको पहिचान हुन नसकेको व्यक्तिले पनि वंशजको आधारमा नेपालको नागरिक पाउने  अध्यादेशमा उल्लेख गरिएको कानुन मन्त्री लीलानाथ श्रेष्ठले बताउनुभयो । यस्तो नागरिकता प्राप्त व्यक्तिको पहिचान भई विदेशी नागरिक भएको ठहरेमा त्यस्तो व्यक्तिले वंशजको आधारमा लिएको नागरिकता कायम रहने छैन । निजले बाबुको नामबाट विदेशी मुलुकको नागरिकता प्राप्त नगरेको भनी स्वघोषणा गरेमा निजको नागरिकतालाई अङ्गीकृत नागरिकतामा परिणत गरिने अध्यादेशमा उल्लेख छ।

नागरिकता अध्यादेशमा नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको तर, बाबु पहिचान हुन नसकेको व्यक्तिको हकमा निजले बाबुको पहिचान हुन नसकेको भनी स्वघोषणा गरेमा अङ्गीकृत नागरिकता पाउने व्यवस्था अध्यादेशमा गरिएको मन्त्री श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।