Logo जेठ ३०, २०७८ आइतबार


भीम अस्पतालमा संकटको सारथी बन्दै माओवादी केन्द्रका सदस्यहरू

प्रतिक पौडेल
रुपन्देही । भीम अस्पताल परिसरमा अहिले एउटा राजनीतिक दलको ब्यानर देख्न सकिन्छ । नेपालमा प्राय: जसाे राजनीतिक दलको ब्यानर चुनावको समयमा जनतालाई भाषण सुनाउनको लागि मात्र देखिने गरेको छ । तर अहिले भीम अस्पतालमा त्यो ब्यानरमा उक्त राजनीतिक दल संकटको सारथी बनिरहेको छ ।

नेकपा (माओवादी केन्द्र) सिद्धार्थनगर अहिले भिम अस्पतालमा कोरोना संक्रमण भएर आउने बिरामी र बिरामीका परिवारको सेवा गर्न ब्यस्त छ । अहिले केन्द्रले भीममा मृत्यु हुने बिपन्न, गरिब किसान र असहाय परिवारको शव ब्यवस्थापनमा तदारुकताका साथ लागेको छ

केन्द्रले मानवीय संवेदनशीलताको ख्याल गरी उक्त कार्यको संचालन गरेको हो ।

केन्द्रले अहिलेसम्म चारवटा शव नि:शुल्क व्यवस्थापन गरिसकेको छ । केन्द्रले जेठ १ गतेदेखि अस्पतालमा आउने कोरोना संक्रमित र संक्रमितको परिवारलाई दैनिक रुपमा तातो पानी, बेसार पानी, ज्वानो पानी, अदुवाको झोल, दालको झोल, कालो मरिच हालेको चिया, अण्डा लगायत बिरामीको रोग प्रतिरोधात्मक क्षमता बृद्धी गर्ने खालका खानेकुरा नि:शुल्क बितरण गर्दै आएको छ ।

केन्द्रका नगर इञ्चार्ज तथा रुपन्देही जिल्ला सचिवालय सदस्य डार्विन रोक्का मगरले आफूहरुले अहिलेसम्म ४ वटा शव व्यवस्थापन र दैनिक करिव १ सय ५० जनालाई निशुल्क खानेकुरा बितरण गर्दै आएको बताउनुभयाे । मगरका अनुसार केन्द्रले नगरमा रहेका पार्टीका सदस्य तथा शुभेच्छुकसँग सहयोग उठाएर कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…