Logo जेठ ३०, २०७८ आइतबार


छिमेक लघुबित्तद्वारा प्रहरीलाई स्वास्थ्य सामग्री प्रदान

जुद्ध चौधरीर
कञ्चनपुर । पुनर्वास नगरपालिकामा छिमेक लघुबित्त वित्तीय संस्थाले प्रहरीलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ। पुनर्वास शाखाको छिमेक लघुबित संस्थाले सर्जिकल मास्क, सेनिटाईजर, पीपीई सेट, सर्जिकल ग्लोब्स लगायतका सामग्री सहयोग गरेको हाे ।

स्वास्थ्य सामग्री प्राप्त गर्दै इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कैलाश सिंह बिष्टले यस्तो महामारीको विषम परिस्थितिमा सहयोग गरेकोमा छिमेक लघुबित्तका शाखा प्रमुख र समन्वयकारी भूमिका निर्वाह गरी सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद व्यक्त गर्नुभयाे ।

बिश्व कोरोना भाइरसको संक्रमणले आक्रान्त बनेका बेला देशभर विभिन्न सघ संस्था र मनकारी ब्यक्तिहरुले कोभिड १९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि फ्रन्टलाईनमा अहोरात्र खटिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरूलाई स्वास्थ्य सामाग्री वितरण कार्यक्रम अभियानका रूपमा सञ्चालन गरिएको देखिएकाे छ।

छिमेक लघुबित्त संस्थाले पनि सुरक्षाकर्मीहरूलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने केन्द्रीय कार्यालयको कार्ययोजना अन्तर्गत आज पुनर्वास शाखाले कञ्चनपुरको दक्षिणी सिमान्तमा आफ्नो ज्यानको प्रवाह नगरी अग्रपङ्क्तिमा अहोरात्र खटिरहेका इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा कार्यरत प्रहरीहरूमा स्वास्थ्य सामग्री प्रदान गरेका हुन् ।

कोभिड १९ कोरोना भाइरसको उच्च जोखिम रहेका भारतीय सिमान्त कञ्चनपुरको दक्षिणी क्षेत्र खुला सिमानाका कारण सुरक्षाको दृष्टिले निकै नै जोखिमपूर्ण छ। संक्रमितहरुको प्रत्यक्ष सम्पर्कमा रहने नेपाल प्रहरी यसबेला निकैनै जोखिम मोलेर अहोरात्र खटिरहेका छन्। त्यसैले संस्थाले पेशाकर्मीहरुको आत्म सुरक्षाका लागि स्वास्थ्य सामग्री वितरण गरेको छिमेक लघुबित्त संस्था शाखा प्रमुख ऋषि सुवेदीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…