Logo जेठ ३०, २०७८ आइतबार


प्रधानमन्त्री ओलीलाई विप्लव माओवादीको कडा चेतावनी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले राष्ट्र हित विपरीतको कार्य नगर्न केपी ओली सरकारलाई चेतावनी दिनुभएको छ ।

सोमवार एक विज्ञप्ति गरी विप्लवले नागरिकताजस्तो राष्ट्रिय महत्व एवम् जनसरोकारका विषयमा सरकारले एक्लौटी निर्णय गरेको आरोप समेत लगाउनुभएको छ ।

सरकारले आफ्नो सत्तासङ्कट टार्न, कुर्सी जोगाउन र कसैलाई खुसी पार्नका लागि राष्ट्रहितविपरीत कार्य गरेको भन्दै विप्लवले त्यस्ता निर्णय खारेज गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।

संविधान जारी गर्दा नै नागरिकतासम्बन्धी कयौँ गलत एवम् त्रुटिपूर्ण प्रावधानहरू रहेकाले त्यतिबेलै आफूहरुले विरोध गरेको पनि विप्लवले स्मरण गर्नुभएको छ । हरेक नेपाली नागरिकले भने सहज ढङ्गले आफ्नो देशको नागरिकता पाउनु उसको जन्मसिद्ध अधिकार हो र त्यो सुविधा पाउनुपर्छ भन्ने आफ्नो धारणा रहेको विप्लवको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…