Logo जेठ ३०, २०७८ आइतबार


महामारीको चुनाव खारेज गर्न २२ दलको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रसहित साना २२ राजनीतिक दलले कोरोना महामारीले जनता आक्रान्त भैरहेको समयमा षड्यन्त्रपूर्वक
संसदीय निर्वाचनको मिति घोषणा गरिएको बताएका छन् ।

जनताले अहिले चुनाव नचाहेको भन्दै २२ दलले त्यसलाई खारेज गर्न माग गरेका छन् । २२ दलीय मोर्चाका तर्फबाट सिपी गजुरेलले सोमवार जारी गर्नुभएको अपीलमा अहिलेको मुख्य प्राथमिकता जनताको जीवन रक्षा भएको उल्लेख गर्नुभएको छ ।

‘विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ विशेषज्ञहरुले आगामी मंसिर र पुसमा कोरोना महामारीको तेस्रो लहर आउन सक्ने र त्यो अहिलेको भन्दा पनि बढी क्षति पुर्‍याउने किसिमको हुने चेतावनी दिएकै समयमा कथित संसदीय निर्वाचनको मिति तोकिनुले यसपछाडि ठूलो षड्यन्त्र लुकेको छ भन्ने बुझ्न सकिन्छ । ’ अपीलमा भनिएको छ ।

उनीहरूले राष्ट्रपतिले गरेको निर्णय खारेज गर्न माग गरेका छन्। विदेशी शक्तिहरुले नेपालको राष्ट्रिय सार्वभौमिकतामाथि आँच आउने गतिविधि गरिरहेको दावी गर्दै अपीलमा देशभक्त र प्रगतिशील शक्तिलाई एकजुट हुन आह्वान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।