Logo जेठ ३०, २०७८ आइतबार


महाकाली अस्पतालको सघन उपचारकक्षमा शय्या अभाव

कन्चनपुर। महाकाली अस्पतालको सघन उपचारकक्ष (आइसीयू)मा शय्या अभाव हुन थालेको छ। कोभिड–१९ सङ्क्रमणका कारण बिरामीको सङ्ख्या वृद्धि हुन थालेपछि शय्या अभाव भएको हो।

अस्पतालको सघन उपचारकक्षमा हाल छवटा शय्या मात्रै रहेका छन्। बिरामीको चापलाई मध्यनजर गर्दै त्यसलाई बढाएर १५ पुर्याउनुपर्ने अवस्था देखिएको छ।

कोरानाको दोस्रो लहर फैलिएपछि अस्पतालको सघन उपचारकक्षका शय्या बिरामीले भरिएका हुन्। सघन उपचारकक्षसहित आइसोलेशन गरी सङ्क्रमितका लागि ९२ शय्या छन्, ती सबै भरिएका छन्। महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी बोक्सरले कोरोनाका गम्भीर अवस्थाका बिरामीका कारण आइसीयू कक्षमा शय्या बढाउनुपर्ने बाध्यता आएको बताए। “अहिले छ शय्या छन्, ती सबै भरिएका छन्।

गम्भीर अवस्थाका बिरामीलाई आइसीयूमा भर्ना नगरी नहुने बाध्यता छ”, उनले भने, “डिस्चार्ज नभई आएकालाई भर्ना गर्न नसकिने भयो, त्यसैले शय्या थप्नुपर्ने अवस्था छ।”

आइसीयूकक्षमा तत्काललाई १५ शय्या थप्नुपर्ने अवस्था देखिएको अध्यक्ष जोशीले बताए। “बिरामी सङ्ख्या हेर्दा त २५ शय्या थपेर पनि नहुने जस्तो छ”, उनले भन्नुभयो, “तत्काललाई १५ शय्या थप्नुपर्ने छ।” आइसीयू कक्षमा शय्या थप्नका लागि अस्पतालका पदाधिकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसम्म पुगेका छन्। अस्पतालले आइसीयूमा शय्या थप र एचडीयू सञ्चालनका लागि मन्त्रालयबाट सकारात्मक आश्वासन पाएको छ।

आइसीयू कक्षका लागि अस्पतालमा अहिले १८ भेन्टिलेटर छन्। मन्त्रालयबाट पछिल्लोपटक मात्रै पाँच भेन्टिलेटर आएका हुन्। त्यसअघि १३ भेन्टिलेटर आएका थिए। अस्पतालले आइसीयूसँगै एचडीयू सञ्चालनका लागि पनि पहल अघि बढाएको छ। चिकित्सकसहितको जनशक्ति नभएर एचडीयू सञ्चालन रोकिएको छ। अस्पतालमा २५ शय्याको एचडीयू कक्ष बनाइएको छ। भेन्टिलेटरबाहेक अन्य मोनिटरलगायतका सबै उपकरण जडान गरिएका छन्।

“मोनिटरलगायतका सबै उपकरण जडान गरिएको छ। शय्या छन्। भेन्टिलेटर जडान हुन बाँकी छन्”, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जोशीले भने, “जनशक्ति नभएर सञ्चालन हुनसकेको छैन।” एचडीयू सञ्चालनका लागि पाँच चिकित्सकसहितका ३५ स्वास्थ्यकर्मी चाहिने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…