Logo जेठ ३०, २०७८ आइतबार


महामारीबीच काठमाडौं उपत्यकामै सुनसान अस्पताल

काठमाडाैं । केन्द्रीय अस्पतालका रूपमा रहेको हरिहर भवनस्थित पशुपति होमियोप्याथिक सुनसान प्रायः छ । आइतवार दिउँसो पुग्दा फाट्टफुट्ट बिरामी देखिन्थे ।

यतिबेला अन्य अस्पताल भीडभाड भइरहँदा यहाँ भने खासै धपेडी छैन ।

कोभिड–१९ बीच वीर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत चिकित्सक २४ सैं घण्टा व्यस्त छन् । तर यो अस्पतालमा न बिरामी चाप छ, न त पर्याप्त चिकित्सक ।

सरकारले केन्द्रीय अस्पताललाई ‘कोभिड डेडिकेटेड’ सूचीकृत गरे पनि पशुपति होमियोप्याथिक अस्पताल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नजरमा पर्न सकेको छैन ।

‘सक्दो लागिरहेका छौं तर सरकारको प्राथमिकतामा यो अस्पताल पर्न सकेको छैन,’ अस्पतालका सी अहेब वामदेव अर्याल स्वयं गुनासो गर्छन्, ‘सरकारले यो अस्पताललाई प्राथमिकतामा राख्नुपर्ने हो तर दरबन्दी निकै न्यून छ । हामी १७ कर्मचारी मात्रै छौं ।’

उपचार विधि फरक भए पनि होमियोप्याथिक पद्धतिबाट समेत कोरोना उपचार सफल र प्रभावकारी पाइएको विभिन्न अनुसन्धानले समेत देखाएका छन् ।

अस्पतालले ‘कोभिड डेडिकेटेड’ बनाउन आग्रह गरे पनि स्वास्थ्य मन्त्रालयले चासो नदिएको पाइएको छ । ५० शय्या सहितको कोभिड डेडिकेटेड बनाउने अस्पतालको योजना छ । मन्त्रालयले केही दिनअघि अनुगमन गरेको थियो । तर कुनै जवाफ आएको छैन ।

अल नेपाल होमियोप्याथिक एसोसियसन महासचिव डा। रामहरि श्रेष्ठका अनुसार मन्त्रालयले अस्पताल व्यवस्थित गर्न कुनै योजना अघि सारेको छैन ।

‘अनुगमन गरेर मात्रै भएन, सरकार पूर्वाधार विस्तारका लागि पनि गम्भीर बन्नुपर्‍यो,’ उनले भने, ‘डेडिकेटेड अस्पताल बनाउन र बनिसकेपछि उपचार प्रक्रियादेखि सबैमा सहयोग गर्न एसोसियसन तयार छ ।’ आपतकालीन अवस्थामा अवस्थामा गम्भीर भएर ‘कोभिड डेडिकेटेड’ अस्पताल बनाउन लागि पर्नुपर्नेमा उनी जोड दिन्छन् ।

सरकारले अस्पतालको विकास, विस्तार र सुदृढ गर्ने भने पनि पशुपति होमियोप्याथिक अस्पताल एक चिकित्सकको भरमा चल्दै आएको छ । अस्पतालमा ६ शय्या छन् ।

कोभिड–१९ बीच दैनिक ६० बढी उपचारका लागि आउने गरेका छन् । अन्य समय २ सयदेखि ३ सय जनासम्म आउने गरेका छन् । पटक–पटक परिवर्तन हुने स्वास्थ्य मन्त्रीले अस्पताल स्तरोन्नति गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयन हुन नसकेको सरोकारवाला बताउँछन् ।

२०७६ सालमा अस्पताल ‘ओएनएम सर्भे’ गरेर पठाए पनि फाइल स्वास्थ्य मन्त्रालयमै थन्किएको छ । ५० शय्या सञ्चालन गर्न सकिने र यसका लागि १०१ दरबन्दी माग गर्दै पठाइएको थियो ।

हाल चिकित्सालयमा १ स्थायी र करारअन्तर्गत २ चिकित्सक, ४ नर्स, २ अहेब, लेखापाल, ६ कार्यालय सहयोगीलगायत १७ जना कार्यरत छन् ।

सरकारले चिकित्सालयलाई आफ्नै साधनस्रोतमा २५ शय्याको सैद्धान्तिक सहमति दिएको छ । अस्पताल प्रमुख डा। प्रेमनारायण श्रीवास्तवका अनुसार औषधिदेखि सबै प्रकृतिका रोग निःशुल्क उपचार हुँदै आएको छ । ‘त्यसो भएपछि पैसा कसरी जुटाउने रु’ उनको प्रश्न छ ।

स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले भने केन्द्रीय अस्पताल विकास र स्तरोन्नतिमा लागिपर्ने प्रतिबद्धता जनाएका छन् । याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।