Logo जेठ ३०, २०७८ आइतबार


यस्ताे छ विपक्षी गठबन्धनकाे अबकाे कानूनी र राजनीतक रणनीति

काठमाडाैं । नेपाली कांग्रेससहित विपक्षी गठबन्धनका नेता प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता गराएको मुद्दाका सन्दर्भमा अवलम्बन गर्ने रणनीति बनाउन छलफलमा जुटेका छन्।

प्रतिनिधिसभाका १ सय ४६ सदस्यले विघटित प्रतिनिधिसभा पुनर्स्थापना तथा शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग राखी सोमबार सर्वोच्च अदालतमा रिट दर्ता गरेपछि अबकाे रणनीति याेजनाका लागि गठबन्धन छलफलमा जुटेका हुन् ।

हिजाे (मंगलबार) देखि विपक्षी गठबन्धनका शीर्ष नेता छलफलमा जुटेका छन् भने सर्वोच्च अदालतमा कसरी प्रस्तुत हुने भन्ने विषयमा आज (बुधवार) देखि कानुनविद्सँग परापर्श गर्ने भएका छन् ।

हिजाे कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहितका नेताबीच छलफल भएको थियो।

कांग्रेस नेता रमेश लेखकका अनुसार हिजाेकाे बसेकाे गठबन्धनहरूकाे अनाैपचारिक बैठकले संसदीय प्रणालीअनुसारका प्रस्ताव अस्वीकृत हुँदै जाँदा संविधान र व्यवस्थामाथि नै खतरा बढेकाले तिनको रक्षाका लागि न्यायिक लडाइँ कसरी अझ व्यवस्थित गर्ने भन्ने विषयमा छलफल भएको थियाे ।

त्यस्तै, आज सर्वाेच्च अदालतमा बहसका लागि कसरी प्रस्तुत हुने भन्ने विषयमा कानूनविदहरूसँग परामर्श गर्न लागेकाे नेता लेखकले बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।