Logo जेठ ३०, २०७८ आइतबार


चिनियाँ कम्युनिष्ट पार्टीले नेपालका शीर्ष नेताहरुसँग छलफल गर्ने

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) ले नेपालका राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गर्ने भएको छ ।

सिपिसीले बुधबार दिउँसो नेपालका विभिन्न दलका शीर्ष नेताहरूसँग भर्चुअलमाध्यमबाट छलफल गर्न लागेको हो । सिपिसीको तर्फबाट अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओले प्रतिनिधित्व गर्नेछन्।

छलफलमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका महासचिव ईश्वर पोखरेल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे सहभागी हुँदैछन्।

नेपालमा बढ्दो कोरोना भाइरसको महामारी, महामारी नियन्त्रण र चीनसँगको सम्बन्धबारे छलफलमा कुरा हुने उपप्रधानमन्त्री पोखरेलको सचिवालयले जनाएको छ ।

छलफलपछि चिनियाँ पार्टीको तर्फबाट नेपाललाई सहयोगको घोषणा समेत हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…