Logo असार ४, २०७८ शुक्रबार


तपाई ग्रहणसँग डराउनुहुन्छ ? यस्तो छ ग्रहणबारेका थरिथरिका कथाहरु

काठमाडौं । दुनियाँमा धेरै मानिसहरु चन्द्र र सूर्य ग्रहणसँग निकै डराउछन् । ग्रहणलाई उनीहरु खतराको संकेत मान्छन् ।

हिन्दू मान्यता अनुसार अमृतमन्थन र राहुकेतु नामक दैत्यको कथासँग ग्रहणलाई जोड्ने गर्दछन् । यससँग जोडिएका धेरै अन्धविश्वासहरु पनि छन् । अर्थात ग्रहणले मानुष्य जातिलाई जति अचम्म पारेको छ,त्यति नै तर्साइरहेको पनि छ । विज्ञानको खोजी गर्नुभन्दा अगाडि सही जानकारीका अभावमा मानिसहरुले आआफ्नो तरिकाले कल्पना गर्थे । त्यहीबाट ग्रहणसँग सम्बन्धित अनेक कथाहरु बुनिए । आठौं शताब्दीका युनानी कवि आर्कीलसले दिउँसै अन्धकार छाएको उल्लेख गरेका छन् । अर्थात त्यस समयमा भएको सूर्यग्रहणबारेको जानकारी उनले छोडेर गएका छन् । तर अचम्म त के छ भने अहिले विज्ञानले ग्रहणको कारण प्रमाणिक तरिकाले पुष्टि गरिसक्दा पनि अझै हामी ग्रहणसँग सम्बन्धित अन्धविश्वासहरुलाई मानिरहेका छौं ।

ग्रहणसँग सम्बन्धित विभिन्न अन्धविश्वसहरु 

प्रकाश र जीवनको स्रोतको रुपमा हामी सूर्यलाई मान्दछौं । त्यही सूर्यलाई समेत छोप्नसक्ने शक्तिसँग मान्छेहरु डराउथे । त्यहीबाट दुनियाँमा ग्रहणका बारेमा अनेक कथाहरु बुनिए ।

धेरै कथा सूर्य र राक्षससँग सम्बन्धित रहेका छन् । पश्चिम एसियाका मान्छेहरु ग्रहणको समयमा ड्राइगनले सूर्यलाई निल्ने कोशिस गर्छन् । त्यसैले उनीहरु ड्राइगनलाई भगाउन ढोल,दमाहा,थाल बजाएर चर्को स्वरमा चिच्याउने गर्दथे ।

तर चीनका मानिसहरु भने सूर्यलाई निल्न कोशिस गर्ने ड्राइगन नभई स्वर्गको एउटा कुकुर हो । पेरुका मानिसहरु ग्रहणका समयमा आकाशमा रहेको फ्याउरोको जोडीले सूर्यमाथि आक्रमण गर्छन् भन्ने मान्यता राख्थे ।

सबै सभ्यातामा ग्रहणलाई लिएर डरलाग्दो अन्धविश्वास मात्र छैन । कुनै कुनै देशमा ग्रहणसँग जोडिएका कथाहरु प्रेरणादायी पनि छन् ।

टोगो र बेनिनका मान्छेहरुको विश्वास अनुसार ग्रहणका समयमा सूर्य र चन्द्रमा एकआपसमा झगडा गरिरहेका हुन्छन् । त्यसैले उनीहरु ग्रहणको समय पूरानो रिस,राग भुलेर मित्रताको हात मिलाउथे । आफ्नो विरोधीका सबै गल्तीहरुलाई उनीहरु माफ गरिदिन्थे ।

दक्षिणी प्रशान्त क्षेत्रका मूलवासी र अमेरिकाको उत्तर–पश्चिम क्षेका आदिवासीहरुका अनुसार चन्द्रमा र सूर्य प्रेमी प्रेमिका हुन् । त्यसैले ग्रहणको समयमा पृथ्वीलाई छोपेर चन्द्रमा र सूय प्रेमलीला रचाउन व्यस्त रहन्छन् भन्ने विश्वास गर्थे ।

नेपालमा भने सूर्य र चमारको कथा निकै लोकप्रिय छ । सूर्यले चमारसँग लिएको ऋण बेलैमा तिर्न नसक्दा रिसाएका चमारले सूर्यलाई छालाको थैलीले छोपिदिदा ग्रहण लाग्छ भन्ने कथा नेपालमा निकै लोकप्रिय छ ।

खगोलशास्त्रीहरुका अनुसार यसरी ग्रहणका बारेमा विभिन्न कथा र विश्वास हुनुमा त्यस ठाउँको भूगोल र प्रकृति मूख्य आधार रहेको हुन्छ । अर्थात जहाँ जीवन मुस्किल छ त्यहाँका मान्छेहरुले देवी–देवताहरु पनि क्रुर र डरलाग्दो हुन्छन् भन्ने कल्पना गर्थे । त्यसैले ती ठाउँहरुमा ग्रहणलाई लिएर डरलाग्दो कथा हुन्थ्यो । जहाँको जीवनशैली सहज छ, त्यहाँका मान्छेहरु भगवान, अलौक शक्ति र मान्छेबीच प्रेमपूर्ण सम्बन्ध हुन्छ भन्ने विश्वास गर्थे । त्यसैले उनीहरुको विश्वास र कथा पनि त्यसै हुन्थ्यो ।

मध्यकालीन समयमा बाइबलमा सूर्यग्रहण र चन्द्रग्रहणलाई प्रलयसँग जोडेर वर्णन गरिएको हुन्थ्यो । प्रलय आउने दिन सूर्य कालो र चन्द्रमा रातो हुने बाइबलमा उल्लेख थियो । क्रिश्चियनहरुको पवित्र ग्रन्थ बाइबलमा ग्रहणका बारेमा किन यस्तो वर्णन गरियो अझै पनि प्रष्टसँग कसैले व्याख्या गर्न सकेका छैनन् । तर ग्रहणका समयमा पृथ्वीमा कहिले पनि त्यस्तो अनिष्ट घटना भएन । यदि भएको भए अन्धविश्वास अझ बढ्दै जाने थियो ।

त्यतिबेला मान्छेको आयु निकै कम हुन्थ्यो । त्यसैले उनीहरुको जीवनमा चन्द्र ग्रहण वा सूर्य ग्रहणका घटना दुर्लभ थियो । यसकारण पनि उनीहरु ग्रहणका समयमा निकै डराउथे ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो वितरणलाई निरन्तरता दिएको छ…

नयाँ लगानिको व्यवसायमा प्रगति आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ ।

कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने जानकारी दिइएकाे छ ।

किष्ट अस्पतालले विज्ञप्ति निकालेर जाेशीकाे स्वास्थ्यमा सुधार भएकाले डाक्टरकाे सल्लाहमा डिस्चार्ज गरिएकाे बताएकाे छ ।

वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।

बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा…