Logo जेठ ३०, २०७८ आइतबार


‘यास’ चक्रवातकाे प्रभावले देशभर वर्षा, जेठ १५ सम्म सतर्कता अपनाउन अनुराेध

काठमाडाैं ।  बंगलदेशकाे खाडीमा उत्पन्न भएकाे ‘यास’ चक्रपातका कारण नेपालकाे अधिकांश भागमा प्रभाव पर्ने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार भोलि जेठ १३ गते बिहीवारदेखि १५ गते शनिबारसम्म देशका धेरैजसो भागमा वर्षाकाे सम्भावना रहेको छ ।

पश्चिमी बंगालको खाडीमा विकसित भएको जलवायुको प्रभाव र ‘यास’ नामक शक्तिशाली चक्रवात समुद्रबाट जमिनतर्फ प्रवेश गरिसकेको र उक्त चक्रवात उत्तर पश्चिम सर्ने क्रममा रहेको र सोको असर मौसममा पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको हो ।

जल तथा मौसम विभागका अनुसार जेठ १३, १४ र १५ गते प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

यस्तै प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेशको तराईमा अति भारी वर्षाका साथै चट्याङ समेत पर्ने सम्भावना रहेको छ । उच्च बेगको हावाहुरी आउने सम्भावना समेत सो स्थानमा रहेको छ ।

कर्णाली र सुदूर पश्चिम प्रदेशमा भने एक दुई स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै, गण्डकी, बागमती र प्रदेश १ का हिमाली तथा उच्च हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…