Logo जेठ ३०, २०७८ आइतबार


समाजवादी लक्ष्य पूरा गर्न नेकपा एमालेको क्रान्तिकारी पुनर्गठन

–प्रकाश ज्वाला

नेकपा एमाले केन्द्रीय कमिटीका सदस्यहरुको भर्चुयल बैठक २०७८ जेठ १० गते पार्टीका बरिष्ठ नेता आदरणीय कमरेड माधव कुमार नेपालको विशेष उपस्थितिमा सम्पन्न भयो । बैठकमा उपस्थित हुनुभएका केन्द्रीय सदस्य कमरेडहरुले आआफ्ना धारणाहरु प्रस्तुत गर्नुभएको थियो । केन्द्रीय सदस्यहरुले अभिव्यक्त गरेका धारणाहरुको आधारमा बैठकले निम्न निश्कर्ष निकालेको छ । ति निश्कर्षहरु कार्यान्वयनका लागि बरिष्ठ नेता कमरेडहरु, पदाधिकारी र स्थायी कमिटी सदस्यहरु समक्ष पेश गरिएको छ ।

१. राष्ट्रपति र प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेर चालेको प्रतिगामी कदमका विरुद्ध निम्नानुसार गर्ने,

क) प्रतिनिधि सभा पुर्नस्थापना र संविधानको धारा ७६ (५) अनुसार बहुमत प्राप्त व्यक्तिको नेतृत्वमा सरकार गठनका लागि सर्वोच्च अदालतमा रिट दर्ता गर्ने । त्यसका लागि हाम्रो तर्फबाट बढीभन्दा बढी सांसदहरुको सहभागिताका लागि सबैले प्रयत्न गर्ने ।

ख) विध्या केपीको असंबैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदमका विरुद्ध हाम्रो पार्टी र जनवर्गीय संगठनका सबै तहका कमिटीहरुको पहलमाप्रतिगमन विरोधी राजनीतिक दलहरु र संगठनहरुले संयुक्तविज्ञप्ती प्रकाशित गर्ने ।

ग) उक्त कदमका बारेमा विभिन्न माध्यमबाट कार्यकर्ता र जनतालाई सुसूचित गर्दै विभिन्न कार्यक्रममार्फत यो कदमको व्यापक विरोध एवं भण्डाफोर गर्ने ।

घ) यतिबेला राजनैतिक दलहरु वीच संयुक्त मोर्चा बन्नु र एकता र सहकार्य हुनु अत्यन्त महत्वपूर्ण उपलब्धि हो । यो एकतालाई दिगो, भरपर्दो र विश्वासिलो बनाउदै प्रतिगमन पराजित गर्नेदेखि कम्तिमा आगामी निर्वाचनसम्म निरन्तरता दिन हाम्रो तर्फबाट विशेष पहल र प्रयत्न गर्ने ।

२. अब पनि केपी ओलीको जालझेल र भ्रममा पर्नु समय खेर फाल्नु मात्र हुनेछ । केपी ओलीले श्रृङ्खलाबद्ध रुपमा कार्वाहीका नाममा हाम्रा नेता, साँसद र कार्यकर्ताहरुलाई अपमानित गरिरहने, हामी एकताको राग अलापिरहने कुरा उपयुक्त हुदैन । अब पनि केपी ओलीसँग मिलेर जाने कुरा गर्नु डरलाग्दो भ्रष्टाचार, असंबैधानिक र अलोकतान्त्रिक ढंगले जर्वजस्त लादिएको प्रतिगमन, विदेशीलाई सजिलरी नागरिकता बाँड्ने अध्यादेश र अनेकौं ओली कुकर्महरुको साक्षि बस्नु र हिस्सेदारी बन्नु हो । त्यसैले अब ओलीसँग एकताको च्याप्टर बन्द भएको घोषणा गर्नु पर्दछ ।

३. ओलीले आफ्नो सत्ता जोगाउन र राम बहादुर थापालाई राष्ट्रिय सभा निर्वाचन जिताउने चालवाजी स्वरुप वार्ताको तुरुप फालेको प्रष्ट छ । यो उनको जालझेल र षडयन्त्रको सिलसिला थियो भन्ने कुरा वार्तामा मूल विषयमा प्रवेश नगर्ने, आलटाल र वहानावाजी गर्ने कुराले पुष्टि भइसकेको छ । त्यसैले अब वार्ताको औचित्य पनि समाप्त भएको छ । कार्यदलका संयोजकलाई नै ओलीले पार्टी सदस्यताबाट निश्काशन गरेको फर्मान जारी गरिरहदा त्यो कार्यदलको अस्तित्व पनि स्वतः समाप्त भएको छ । त्यसैले अव वार्ता र कार्यदलको भ्रममा नपरेर अघि बढ्नु जरुरी छ । यसमा केही कमरेडहरुको भने वार्ता जारी राख्दै हाम्रा अन्य कामहरु जारी राखौं भन्ने मत रहेको छ ।

४. अब हामीले जेठ २ मा फर्कने कुरा गर्नुको औचित्य पनि सकिएको छ । ओली आजसम्म पूर्णरुपमा र इमान्दिारीका साथ जेठ २ पूर्वको अवस्थामा पार्टीलाई फर्काउने र फागुन २८ का निर्णयहरु खारेज गर्ने पक्षमा छैनन् भन्ने प्रमाणित भइसकेको यस अवस्थामा हामीले अब जेठ २ र फागुन २८ को रटान लगाइरहन आवश्यक देखिदैन र योे च्याप्टर पनि बन्द भइसकेको छ ।

५. हामी आजका मितिसम्म धेरै अघि बढी सकेका छौं । पार्टी र जन संगठनका विभिन्न तहमा समानान्तर कमिटीहरु निर्माण, अलग भेला बैठकहरु आयोजना, संसदमा ह्विप उल्लंघन र फ्लोर क्रस, केपी ओलीले विश्वासको मत लिदा प्रतिनिधि सभामा अनुपस्थित, वैकल्पिक प्रधानमन्त्रीका लागि हस्ताक्षर र संसद पुर्नस्थापनाका लागि रिट निवेदन दर्तासम्मका गतिविधिमा अघि बढीसकेका छौं । अब पछाडि फर्कने अवस्था देखिदैन ।

६. अब हाम्रो सामु ‘आत्मसमर्पण कि विद्रोह’ बाहेक अर्को विकल्प नरहेको बैठकको निश्कर्ष छ । राष्ट्रिय कार्यकर्ता भेलाको बेला निकालिएको ‘न समर्पण न विभाजन’ भन्ने निश्कर्ष अब असान्दर्भिक भइसकेको छ । हामी धेरै अघि बढिसकेका छौं । हामी आत्मसमर्पण गर्न सक्दैनौं, त्यसैले आजको निश्कर्ष विद्रोह नै हो ।

७. वर्तमान परिस्थितिको सामना गर्न सक्ने र आजका माग एवं मुद्धालाई संबोधन गर्न सक्ने नयाँ सोच, नयाँ उर्जा, नयाँ संस्कृति र नयाँ एजेण्डा सहितको कम्युनिष्ट पार्टी निर्माण आजको आवश्यकता हो । विज्ञान प्रविधिको आजको युगमा नयाँ पुस्तालाई आकर्षण गर्ने एजेण्डा र कार्यक्रम सहितको पार्टी हुनु पर्दछ । विचारमा पुर्नगठन, नीति कार्यक्रममा पुर्नगठन, संगठनमा पुर्नगठन, समाजवादी लक्ष्य पूरा गर्न नेकपा एमालेको क्रान्तिकारी पुर्नगठन हाम्रो निचोड हो ।

८. पार्टीको नाम र चिन्ह पनि महत्वपूर्ण कुरा हो । एमाले र सूर्य एउटा ब्राण्ड बनेको छ । तर एमाले र जबज खारेज गर्ने काम त केपीले नै गरेका हुन् । अदालतको फैसलाबाट मात्र यो नाम व्यूझिएको हो । त्यसैले अब नाम र चिन्हका सवालमा पनि अन्यौलता रहनु हुदैन । चिन्ह विचार होइन । नाम र घाम प्राविधिक कुरा हो । सही विचार र सिद्धान्तका साथ अघि बढ्न सके पार्टीलाई जनताको वीचमा स्थापित गर्न सकिन्छ र पार्टी लोकप्रीय भएपछि जुनसुकै चिन्ह हुदा पनि फरक पर्दैन । राष्ट्रिय सभा निर्वाचनमा सूर्यले हारेर कलम चिन्हले जितिसकेको छ ।

९. हामीले विगतको सवालमा गंभिर समिक्षा र आत्म समिक्षा गर्न जरुरी छ । हामी हिजो कहाँ चुक्यौं ? हामीले कतिबेला सही मार्ग समात्न सकेनौं ? हामीले कहाँनिर उपयुक्त पहलकदमी लिन सकेनौं ? हामीले पार्टी र विचार समूह परिचालन गर्दा के कस्ता भूल गर्यौं ? महाधिवेशन लगायतका अवसरलाई हामीले के कारणले गुमायौं ? हाम्रा वीचको एकतालाई किन बलियो बनाउन सकेनौं ? वैचारिक, संगठनात्मक र व्यबस्थापकिय सवालमा कहाँ के कमजोरी भए ? आदि विषयहरुमा गंभिर समिक्षा गरौं र कमी कमजोरी सच्च्याएर आत्म परिवर्तनका साथ अघि बढौं । तब नै चुनौतिहरुलाई परास्त गर्दै लक्ष्यभेदन गर्न सकिन्छ।

१०. कसैले नयाँ पार्टी गठन गरेर चलाउने र कोही कमरेडहरु केपीको पार्टीमा गएर त्यहीं भित्र अन्तर संघर्ष गरेर ओलीलाई सच्च्याउन पहल गर्ने कुरा पूर्ण रुपले गलत हुन्छ । हामी यो दोधारे नीति र द्विविधाग्रस्त बाटोबाट अघि बढ्ने कुरा नगरौं ।

११. कमरेड झलनाथ खनाल र कमरेड नेपालले नयाँ पुस्तामा नेतृत्व हस्तान्तरणको कुरा प्रशंसनीय छ । आगामी दिनमा पुरानो पुस्तालाई अभिभावकको रुपमा सम्मान गर्ने र पार्टीको नेतृत्व नयाँ र युवा पुस्ताले गर्ने गरी नेतृत्व विकास गर्नु पर्दछ । अहिलेको चुनौतिपूर्ण अवस्थामा अनुभवी र नयाँ नेतृत्वको संयोजनबाट पार्टी चलाउनु पर्दछ । दशौं महाधिवेशनसम्म नवौं महाधिवेशनको सेरोफेरोमा नै नेतृत्वको फैसला गरिनु पर्दछ ।

१२. अब नयाँ पार्टी घोषणा र गठन गर्न ढिलाई गर्नु हुदैन । जति ढिला ग¥यो त्यति हामीलाई क्षति हुन्छ । ढिला गर्दा कार्यकर्ता पलायन हुने खतरा छ । पार्टी निर्माणका लागि आवश्यक सहि विचार, कार्यकर्ता र संगठन तथा जनाधार हामीसँग छ । देशव्यापी समानान्तर संगठनको सञ्जाल बनिसकेको छ । त्यसैले अब पार्टी निर्माणमा दृढतासाथ अघि बढ्नु पर्दछ । त्यसका लागि तत्काल निम्नानुसार कामहरु गर्नुपर्दछ :

क) पार्टीको केन्द्र (ज्भबम त्तगबचतभच) तुरुन्तै बन्नु पर्दछ । नयाँ पार्टी घोषणा र दर्ताको लागि केही समय लागे पनि पार्टीको समानान्तर केन्द्रिय कमिटी तत्काल घोषणा हुन जरुरी छ । शिर र मष्तिस्क विनाका तल्ला कमिटीहरु र जनसंगठनका संरचना बनाएरमात्र हुदैन । पार्टीको अध्यक्ष लगायत केन्द्रिय पदाधिकारी र सदस्यहरु सहित केन्द्रिय कमिटी गठन गर्नु पर्दछ ।

ख) केन्द्रीय कमिटी गठन गरे लगत्तै सबै केन्द्रीय नेताहरुको उचित कार्य विभाजन गरिनु पर्दछ । कार्य विभाजन अनुसार सबै नेताहरु आआफ्नो जिम्मेवारी पूरा गर्ने गरी काममा खटिनु पर्दछ ।

ग) गठन नभएका ठाउँहरुमा प्रदेश, जिल्ला, पालिका र स्थानीय कमिटी तथा जनवर्गीय संगठनका केन्द्रदेखि स्थानीय स्तरसम्मका कमिटीहरुलाई पूर्णता दिनुका साथै कार्यालय र श्रोत व्यबस्थापन सहित अन्य कामहरु अघि बढाउनु पर्दछ।

घ) पार्टीका राजनीतिक, वैचारिक, संगठनात्मक दस्तावेज र विधान बनाउनका लागि कार्य दल गठन गरिनु पर्दछ ।

ङ)कोभिड र लक डाउनको यो अवधिमा केन्द्र, प्रदेश, जिल्ला, पालिका, जन संगठनका विभिन्न समूहहरु निर्माण गर्ने भर्चुयल बैठकबाट परिस्थितिको जानकारी गराउनुका साथै आगामी कामका बारेमा कार्यकर्ताहरुलाई निर्देशित गरिनु पर्दछ ।

च) वर्तमान अवस्थाको बारेमा यथार्थ रिपोर्ट संकलन गरेर केन्द्रमा पठाउनु पर्दछ ।

छ) केन्द्रीय सदस्यहरुको वीचमा र केन्द्रीय सदस्य तथा पार्टीका साथै बाम बुद्धिजिवीहरुसँग नियमित रुपमा राजनीतिक, वैचारिक, साँगठानिक सवालका साथै हामीले लागु गर्ने समाजवादको मोडलसमेतका विषयहरुमा नीतिगत बहसलाई निरन्तरता दिनुपर्दछ ।

ज) केन्द्रीय सदस्यहरु बीचको बैठकलाई निरन्तरता दिनुपर्दछ ।

(नेकपा एमाले केन्द्रीय सदस्यहरुको बैठकका निश्कर्षहरु कार्यान्वयनका लागि अनुरोध गरिएकाे मस्याैदा पत्र)

प्रतिक्रिया दिनुहोस्
विशेष

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…