Logo जेठ ३०, २०७८ आइतबार


जिदानले छाडे रियल मड्रिड

एजेन्सी । रियल मड्रिड क्लबका प्रशिक्षक जिनेदिन जिदानले क्लब छोड्ने भएका छन् ।

तत्काल लागु हुनेगरि उनले क्लब छाडेको स्पेनिस अखबार मार्काले जनाएको छ। सिजन उपाधिबिहीन बनेपछि उनले क्लबको जिम्मेवारीबाट विदा हुने निर्णय गरेका हुन् ।

रियल मड्रिडमा आफ्नो दोस्रो कार्यकालमा जिदानले ला लिगा र स्पेनिस सुपर कप उपाधि जिते। लगातार तीन सिजन युरोपियन च्याम्पियन्स लिग जिताएर उनी सन् २०१८ मा रियल म्याड्रिडबाट विदा भएका थिए। त्यसअघि सहायक प्रशिक्षक रहेका उनलाई सन् २०१५ मा रियलले पूर्ण जिम्मेवारी दिएको थियो।

सन् २०१८ मा रियलबाट प्रशिक्षक जिदानसँगै स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो पनि बिदा भएका थिए। २०१८–१९ सिजन खराब रियलको खराब भएपछि एक सिजनपछि नै जिदान फेरि जिम्मेवारीमा फर्किएका थिए। यो सिजन रियल म्याड्रिड ला लिगामा दोस्रो भयो भने च्याम्पियन्स लिगमा सेमिफाइनलबाटै बाहिरिएको थियो।

रियल म्याड्रिडको नयाँ प्रशिक्षकमा एन्टोनियो कोन्टे, मेस्सिमिलियानो अलेग्री र राउल मध्ये एकजना भित्रिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…