Logo जेठ ३०, २०७८ आइतबार


एमालेले सुदूरपश्चिम प्रदेशका तीन मन्त्रीलाई माग्यो स्पष्टीकरण

कैलाली । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका तीन मन्त्रीलाई स्पष्टीकरण सोधेको छ ।

पार्टीको निर्देशन अवज्ञा गरेको भन्दै एमालेले माओवादी नेतृत्वको सरकारमा सहभागी प्रदेशका तीन मन्त्रीलाई कारवाही प्रक्रिया थालेको हो।

बिहीबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्रसिंह रावलले आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाह, सामाजिक विकास मन्त्री कृष्ण सुवेदी र उद्योग वन तथा वातावरण मन्त्री माया भट्टलाई २४ घण्टे स्पष्टीकरण माग्नुभएको छ ।

सोमबार एमाले स्थायी कमिटी बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । त्योसँगै सरकारबाट फिर्ता हुन आफ्ना मन्त्रीहरूलाई निर्देशन दिएको थियो ।

बुधबार दलको बैठकले भने माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन कायम रहेको निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…