Logo असार १, २०७८ मंगलबार


संसद अधिवेशनका लागि सिफारिस गर्न सभामुखलाई संविधानविदको सुझाव

काठमाडौ । संविधानका जानकारहरुले संसद अधिवेशनका लागि सिफारिस गर्न सभामुख अग्नीप्रसाद सापकोटालाई सुझाव दिएका छन् ।

बिहीबार सभामुखले कानुनविद्हरुसँग गरेको छलफलमा कानुनविद्हरुले संसद अधिवेशनका लागि सिफारिस गर्ने अधिकार सभामुखलाई समेत हुने सुझाव दिएका हुन्।

छलफलमा सहभागी अधिवक्ता टिकाराम भट्टराई सभामुखले संसद अधिवेशनका लागि सिफारिस गर्नुपर्ने बताउनुभयो ।

अधिवेशन बोलाउने अधिकार राष्ट्रपतिलाई मात्रै भए पनि सिफारिस गर्ने अधिकार सभामुखलाई समेत हुने उहाँको भनाइ थियो ।

नेपाल बार एशोसियनका पूर्व उपाध्यक्ष भट्टराईले अधिवेशनको सिफारिस गर्ने अधिकार सभामुखलाई भएकोले जेठ १५ गतेको बजेटका लागि राष्ट्रपति समक्ष सिफारिस गर्नुपर्ने बताउनुभयो ।

संविधानले संसद बाहेक अन्त बजेट पेश गर्ने अधिकार नदिएकाले जेठ १५ गतेको बजेटका लागि अधिवेशन अनिवार्य भएको पनि उहाँको तर्क थियो ।

सभामुख सापकोटाले विहीवार प्रतिनिधिसभा विघटनबारे संविधानविद्, कानुनी तथा न्यायिक क्षेत्रका विज्ञहरुसँग छलफल गर्नुभएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…