Logo जेठ ३०, २०७८ आइतबार


पपुलर बजेट नल्याउन सरकारलाई पूर्वप्रमुख निर्वाचन आयुक्तहरुको खबरदारी

काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले मध्यावधि निर्वाचन घोषणा गरिसकेको सरकारले ल्याउन लागिएको बजेटप्रति चासो व्यक्त गरेका छन् ।

आगामी कात्तिक र मंसिरमा हुने भनिएको मध्यावधि निर्वाचनलाई ध्यानमा राखेर वर्तमान कामचलाउ सरकारले एकपक्षीय बजेट तथा नीति तथा कार्यक्रम ल्याउनसक्नेभन्दै पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले गम्भीर चासो व्यक्त गरेका हुन् ।

पाँच जना पूर्वप्रमुख आयुक्तले विहीवार विज्ञप्ति जारी गरी कामचलाउ सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउँदा स्वच्छ,स्वतन्त्र एवम् निष्पक्ष निर्वाचनका लागि समान प्रतिस्पर्धाको सिद्धान्तभित्र रही मतदातालाई कुनै एक पक्षमा लाग्न प्रभाव पार्ने गरी लक्षित कुनै किसिमका नयाँ नीति,कार्यक्रम वा बजेट विनियोजन नगर्न ध्यानाकर्षण गराउनुभएको छ ।

उक्त विषयमा आफ्नो संवैधानिक दायित्वको ख्याल गरी निर्वाचन आयोगले सम्बद्ध पक्षलाई समयमै सजग गराउनेमा समेत प्रमुख निर्वाचन आयुक्तहरुले विश्वास व्यक्त गर्नुभएको छ ।

संयुक्त विज्ञप्तिमा पूर्वप्रमुख निर्वाचन आयुक्तहरु सूर्यप्रसाद श्रेष्ठ,भोजराज पोखरेल, नीलकण्ठ उप्रेती,डा अयोधीप्रसाद यादव र दोलखबहादुर गुरूङले हस्ताक्षर गर्नुभएको छ ।

सरकारले अध्यादेशमार्फत जेठ १५ गते आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र वार्षिक बजेट सार्वजनिक गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…