Logo जेठ ३०, २०७८ आइतबार


बारपाकमा औषधि र परीक्षण किटसहित स्वास्थ्यकर्मीको टोली

काठमाडौं । गाउँभरी कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी भेटिएपछि सरकारले गोरखाको बारपाकमा स्वास्थ्यकर्मीको टोली खटाइएको छ ।

गण्डकी प्रदेश सरकारको तर्फबाट स्वास्थ्यकर्मीको टोली खटाइएको हो । वास्तविकताको अध्ययन, अनुसन्धान र नियन्त्रणका लागि औषधि र परीक्षण किटसहित चिकित्सक, नर्सिङ स्टाफ र मनोसामाजिक परामर्शदाताको टोली खटाइएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

१० जनाको टोलीमा दुई जना विशेषज्ञ डाक्टर, दुई जना प्रयोगशालाकर्मी, मेडिकल अफिसर, जनस्वास्थ्य निरीक्षक र मनोसामाजिक परामर्शदाता एक–एक जना छन् । बारपाक सुलिकोट गाउँपालिकाअन्तर्गत वडा-१ र २ मा पर्ने बारपाक गाउँका प्राय सबै बिरामी रहेका छन्। के कारणले बिरामी र मृत्यु भएको हो भन्ने सम्बन्धमा अध्ययन, अनुसन्धान र नियन्त्रणका लागि आवश्यक औषधी तथा परिक्षण किटसहित विशेषज्ञ चिकित्सक, नर्सिङ स्टाफ, प्रयोगशालाकर्मीसहितको टोली त्यहाँ पठाइएको  स्वास्थ्य निर्देशनालयले जनाएको छ।

यो टोली शुक्रबार बारपाक पुगेर अध्ययनसहित आवश्यक काम थाल्ने प्रदेश स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले बताउनुभयो ।

गोरखाको बारपाक सुलिकोट गाउँपालिका १ र २ मा पर्ने बारपाकमा पछिल्लो १० दिन यता कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी रहेको समाचार सार्वजनिक भएको थियो ।

बारपाकमा गत वैशाख पहिलो सातादेखि कोरोनासँग मिल्दोजुल्दो लक्षणसहितका संक्रमित बढेको स्थानीयले बताएका छन् । संक्रमणबाट १ सातामा १० जनाको मृत्यु भएको छ। बढीको मृत्यु भएपछि स्वास्थ्यकर्मी पठाइदिन स्थानीयले सरकारसँग माग गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।