Logo जेठ ३०, २०७८ आइतबार


विकल्पमा एस्ट्राजेनेका र जोन्सनको खोप

काठमाडौं । नेपालले खरिद गरेको १० लाख मात्रा कोभिडसिल्ड खोप भारतबाट आउने सम्भावना कम भएपछि विकल्पमा अमेरिकाको जोनसन एन्ड जोनसन र अन्य देशमा उत्पादित अस्ट्राजेनेका खोप माग गर्ने तयारी थालिएको छ ।

खोप सल्लाहकार समितिले कोभ्याक्स कोभिडसिल्डको विकल्पमा उपयुक्त हुने जोनसन एन्ड जोनसन र अस्ट्राजेनेकाको खोप माग गर्ने भएको हो । भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाले तत्काल खोप दिन नसक्ने बताएपछि कोभ्याक्सले नेपाललाई कोभिडसिल्डको विकल्प माग गरेको थियो ।

विकल्पमा कोभ्याक्समा आबद्ध एस्ट्राजेनेका र जोन्सन एन्ड जोन्सन खोप उपयुक्त हुने खोप विज्ञ बताउँछन् । स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखा निर्देशक डा। तारानाथ पोखरेलले खोप सल्लाहकार समितिको मंगलबार बसेको बैठकबाट ‘पहिलो विकल्पमा एस्ट्राजेनेका र जोन्सन एन्ड जोनसन उपयुक्त हुने’ निष्कर्ष निकालिएको जानकारी दिए ।

‘कोभ्याक्समा आबद्ध भ्याक्सिन कम भएकाले एस्ट्राजेनेका र जोन्सन एन्ड जोनसन खोप उपयुक्त हुने देखिन्छ,’ डा। पोखरेलले भने, ‘६५ वर्षमाथिका झन्डै १४ लाख ५० हजार ज्येष्ठ नागरिकले दोस्रो मात्रा लगाउनुपर्नेछ । सम्भवतः यी दुई खोप कोभ्याक्समा सिफारिस हुन्छ ।’ जोनसोन नयाँ समूह र एस्ट्राजेनेकाको खोप पहिलो मात्रा लगाएकालाई दोस्रो डोजका रूपमा लगाउन मिल्ने उनले बताए ।

भारतबाट माग गरिएको कोभिडसिल्ड भ्याक्सिन आउने सम्भावना कम देखिएपछि औषधि व्यवस्था विभागले कोभिडसिल्ड, कोभ्याक्सिन, स्पुतनिक भी र भेरोसेल खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । कोभ्याक्स ङ्खयासिलिटीअन्तर्गत नेपालमा पहिलो चरणमा ३ लाख ४८ हजार डोज कोभिडसिल्ड खोप आएको थियो ।

कोभ्याक्सले नेपाललाई कुल जनसंख्याको २० प्रतिशतका लागि उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । यसैबीच, बिहीबार देशभर थप ६ हजार ९ सय ३९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । २० हजार ४ सय १४ जनाको पीसीआर र ५ सय ७८ जनाको एन्टिजेन परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ७ हजार २ सय २६ संक्रमित निको भएकाे समाचार राजधानी दैनिकले प्रकाशित गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…