Logo असार १, २०७८ मंगलबार


१० लाख डोज खोप तत्काल लग्न नेपाललाई चीनको प्रस्ताव

काठमाडाैं । चीनले अनुदानमा दिने भनेको कोरोनाविरुद्धको १० लाख डोज खोप तत्काल उपलब्ध गराउन सकिने जानकारी दिएको छ । आठ लाख डोज खोप बेइजिङबाट नेपालले आपूर्ति गर्नुपर्नेछ भने दुई लाख डोज तिब्बत सरकारका तर्फबाट उपलब्ध हुनेछ ।

हामीले चाहेको कुनै पनि वेला आपूर्ति गर्न सक्ने गरी भण्डारणमा खोप उपलब्ध छ भन्ने जानकारी आएको छ । हाम्रो उडानबाट जुनसुकै दिन पनि लैजान सकिन्छ । तिब्बत सरकारकै व्यवस्थापनमा छिट्टै नै कुन्मिङबाट हिमालय एयरलाइन्सले खोपको आपूर्ति गर्नेछ ।

चीन सरकारको वैदेशिक सहायतासम्बन्धी निकाय चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सीले बेइजिङस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारलाई यस्तो जानकारी गराएको हो । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बुधबार खोपलगायत द्विपक्षीय सुरक्षा र सहयोगबारे टेलिफोनमा कुराकानी भएको थियो । त्यस क्रममा राष्ट्रपति सीले थप १० लाख डोड खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेका थिए ।

यसअघि पनि चीनले आठ लाख डोज खोप अनुदानमा उपलब्ध गराएको थियो । त्यतिवेला पनि नेपाल एयरलाइन्सको चार्टर उडानबाट खोप ल्याइएको थियो । नेपाली दूतावासका उपनियोग प्रमुख सुशीलकुमार लम्सालका अनुसार चीनले दिने खोपमध्ये आठ लाख खोप बेइजिङस्थित भण्डारणमा उपलब्ध भइसकेको छ । ‘हामीले चाहेको कुनै पनि वेला आपूर्ति गर्न सक्ने गरी भण्डारणमा खोप उपलब्ध छ भन्ने जानकारी आएको छ,’ लम्सालले टेलिफोनमा भने, ‘हाम्रो उडानबाट जुनसुकै दिन पनि लैजान सकिन्छ ।’

उपनियोग प्रमुख लम्सालका अनुसार तिब्बत सरकारका तर्फबाट उपलब्ध हुने दुई लाख डोज खोप भने काठमाडौंमै उपलब्ध गराइनेछ । ‘तिब्बत सरकारकै व्यवस्थापनमा छिट्टै नै कुन्मिङबाट हिमालय एयरलाइन्सले खोपको आपूर्ति गर्नेछ,’ उनले भने ।

नेपाली दूतावासले यसबारे परराष्ट्र मन्त्रालयलाई बिहीबारै जानकारी गराइसकेको छ । नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार अनुसार नेपाल एयरलाइन्सको जहाज तत्कालै पठाएर खोप ल्याउनुपर्ने सुझाब दूतावासले दिएको परराष्ट्रका अधिकारीहरूले बताएका छन् । पर्यटन मन्त्रालयले बेइजिङमा नेपाल एयरलाइन्सको जहाज पठाउनेबारेमा तयारी थालेको छ ।

चिनियाँ राष्ट्रपति सीले समकक्षी भण्डारीसँगको टेलिफोन संवादमा कोरोनाविरुद्धको लडाइँमा चीन सरकार, प्रान्तीय सरकार तथा संघसंस्थाले सकेजति नेपाललाई सहयोग गर्ने वचन दिएका थिए । चीनले गर्ने सहयोगको प्राथमिकतामा नेपाललाई राखेको पनि उनले बताएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।