Logo जेठ ३०, २०७८ आइतबार


संसद विघटनसम्बन्धी मुद्दाकाे सुनुवाइका लागि पाँच सदस्यीय संवैधानिक इजलास गठन

काठमाडौं । प्रतिनिधिसभाको विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराले आफूसहित पाँच सदस्यीय संवैधानिक इजलास तोक्नुभएको छ ।

इजलासमा अन्य न्यायाधीशहरू दीपककुमार कार्की, डा आनन्दमोहन भट्टराई, तेजबहाजुर केसी, बमकुमार श्रेष्ठ रहनु भएको सर्वोच्चर अदालतले आज (शुक्रवार) जारी गरेको पेशी सूचीमा उल्लेख छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा दोस्रो पटक प्रतिनिधिसभा विघटनपछि सर्वोच्च अदालतमा परेका ३० वटा रिटको आज सुनुवाइ हुँदैछ ।

विघटनपछि ११ वटा रिट संवैधानिक इजलासमा परेको थियो भने अन्य १९ वटा रिट सर्वोच्च अदालतमा परेका थिए ।

अन्य रिटहरूमा विहीबारको सुनुवाइ प्रधानन्यायाधीश राणाले अन्तरिम आदेश दिन अस्वीकार गर्दै सबै रिटको सुनुवाइ संवैधानिक इजलासमा पेश गर्न आदेश दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…