Logo असार १, २०७८ मंगलबार


पल शाह र रञ्जित सिंजाली अभिनिति गीत ‘ब्याकुली’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । चर्चित अभिनेता पल शाह र मोडल रञ्जित सिंजाली मगर अभिनित गीत ‘ब्याकुली’ को भिडियो सार्वजनिक भएको छ । एमएमएस इन्टरटेन्मेन्टबाट आइतबार गीतको भिडियो सार्वजनिक गरिएको हो ।

गीतको भिडियोमा पल शाह र उषा उप्रेति अनि रञ्जित सिंजाली मगर र सुप्रिया खनाललाई जोडीको रूपमा प्रस्तुत गरिएको छ ।

रोमान्टिक शैलिको गीतका चर्चित गायिका मेलिना राई, एलिना चौहान, अजय कार्की र अबिनाश थापामगरको स्वर दिएका छन् । गीतमा सिर्जना खत्री र शिवको र्याप समेत सुन्न सकिन्छ ।

गायक समेत रहेका अजय कार्कीले गीतको शब्द लेखन, संगीत र संगीत संयोजन आफै गरेका छन् । ए–वन म्यूजिसियन स्टुडियोमा राजेश श्रेष्ठले रेकर्ड गरेको ‘ब्याकुली’को ध्वनि सम्पादन भने किशोर थापामगरले गरेका हुन् ।

राजिव समरले आफ्नो नृत्य निर्देशनमा पल, उषा, रञ्जित र सुप्रियालाई गज्जवले नचाएका छन् । रामकुमार केसीको छायाँकन र निर्देशन समेत रहेको यस गीतको भिडियो सम्पादन टेकेन्द्र शाहले गरेका हुन् ।

सार्वजनिक भएको ४ दिन पुरा हुँदै गर्दा युट्युवमा गीतको भिडियो १ लाख ५० हजार बढि दर्शकले हेरिसकेका छन् । गीत र भिडियोलाई लिएर उत्साहजनक प्रतिक्रिया आएको मोडल रञ्जित सिंजाली मगरकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । देशभरी मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मौसमको अवस्था हाल देशभर…

प्रवक्ता कुँवरले स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त भएका विपत प्रतिकार्यका लागि आवश्यक पर्ने औजारहरुलाई व्यवस्थापन गर्न नेपाल प्रहरी लागिरहेको…

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…