Logo जेठ ३०, २०७८ आइतबार


चार पूर्वन्यायाधीशले भने- ‘संविधान नै समाप्त हुने खतरा बढ्याे’

काठमाडौं । चार  जना पूर्वप्रधानन्यायाधीशले संविधान नै समात्प हुने खतरा बढेकाे बताउनुभएकाे छ ।

उहाँहरूले प्रतिनिधिसभा विघटन र संविधानको कार्यान्वयन विपरीत दिशातर्फ गइरहेकाे भन्दै संविधान नै समाप्त हुने खतरा बढेको बताउनुभएकाे हाे ।

संविधानकाे धारा ७६ काे प्रयाेग सम्बन्धमा अहिले भइरहेका गतिविधिले संविधानकाे मर्मप्रतिकुल दिशातर्फ संविधान कार्यान्वयन भइरहेकाले संविधान नै समाप्त हुने खतरा रहेकाे चार जना पूर्वन्यायाधीशहरूले शुक्रवार जारी गरेकाे विज्ञप्तिमा जनाइएकाे छ ।

‘‍संविधानकाे धारा ७६ को प्रयोगको सम्बन्धमा हाल भएका अभ्यासहरु संविधानको अक्षर र भावना एवं प्रजातन्त्रको मूल मर्म प्रतिकूल भई विपरित दिशा तर्फ संविधान कार्यान्वयन भइरहेको आभास हुन्छ ।’ पूर्वप्रधान्यायायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसले संविधान नै समाप्त हुने खतरा बढेर गएको छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।