Logo जेठ ३०, २०७८ आइतबार


स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिन सबै प्रमुख जिल्ला अधिकारीलाई सरकारको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ ।

महामारीको विषम परिस्थितिमा उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमण बढेको भन्दै मन्त्रालयले सुरक्षामा ध्यान दिन प्रशासन कार्यालयलाई निर्देशन दिएको हो ।

शुक्रबार एक विज्ञप्ती जारी गर्दै मन्त्रालयका प्रवक्ता तथा सहसचिव जनकराज दाहालले स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पताल तोडफोड गर्ने कार्य गैरजिम्मेवार र गैरकानूनी भएकाले संलग्नमाथि कानुनी कारबाही हुने बताउनुभयो । कोभिड महामारीको यो विषम अवस्थामा बिरामीको उपचारमा खटिएका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाथि हातपात र दुर्व्यवहार हुनु निन्दनीय कार्य भएको मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

स्वास्थ्यकर्मीमाथि कुटपिटमा संलग्न जो कोहीलाई तत्काल नियन्त्रणमा लिइ कानुनी कारबाही गर्ने विषयमा दृढ रहेको गृह प्रवक्ता दाहालले बताउनुभयो ।

बिहीबार राति भेरी अस्पताल नेपालगञ्जका स्वास्थ्यकर्मीमाथि कुटपिट भएको थियो । बिरामीको मृत्यु भएपछि तुलसीपुरका मानबहादुर रावत, भरत राउत र लोकराज रावतले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको बाँके प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ समेत गरिसकेको छ।अन्यको संलग्नताबारे पनि अनुसन्धान बताइएको छ ।

घटनाको छानविनका लागि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको नेतृत्वमा ७ सदस्यीय छानविन समिति पनि गठन भइसकेको गृह प्रवक्ता दाहालले बताउनुभयो । चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै भेरी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…