Logo जेठ ३०, २०७८ आइतबार


एमाले वागमती प्रदेशको कार्यदल गठन, खनाल–नेपाल पक्षका सांसद पनि सहभागी

काठमाडौं । नेकपा एमाले वागमती प्रदेशले सरकारको नीति तथा कार्यक्रम र बजेटका लागि सुझाव दिन कार्यदल गठन गरेको छ ।

काठमाडौंमा सम्पन्न प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट सन्तुलित र जनमुखी ल्याउनका लागि सुझाव दिन कार्यदल गठन गरेको हो । बैठकमा खनाल–नेपाल पक्षका सांसदहरु पनि सहभागी हुनुभएको थियो ।

कार्यदलमा राजेन्द्र पाण्डे,अरुण नेपाल, कैलाश ढुंगेल,रामेश्वर फुयाल, केशव पाण्डे, नारायण सिलवाल, दिपक निरौला र रमा आलेमगर रहनुभएको छ ।

कार्यदललाई सरकारलाई नीति तथा कार्यक्रम र बजेटको बारेमा पार्टीको एकताबद्ध धारणा प्रस्तुत गर्ने जिम्मा दिइएको प्रमुख सचेतक निरौलाले बताउनुभयो । बैठकमा केन्द्रमा पार्टीमा समस्या देखिए पनि प्रदेशमा एकजुट भएर अघि बढ्नेबारे छलफल भएको पनि उहाँले बताउनुभयो ।

बैठकमा माधव नेपाल पक्षीय नेता अष्टमलक्ष्मी शाक्य लगायतले पार्टी विभाजन रोक्न आ–आफ्नो तहबाट पहल गर्न आग्रह गर्नुभएको थियो । केही दिनअघि बसेको संसदीय बोर्डको बैठकले शाक्य लगायत १४ जना खनाल–नेपाल पक्षीय सांसदलाई स्पष्टीकरण माग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…