Logo जेठ ३०, २०७८ आइतबार


मी ११ स्मार्टफोन नेपाली बजारमा, मूल्य र विशेषता के के छन् ?

काठमाडौं । शाओमी नेपालले मी ११ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ ।

प्रिमियम उपकरण रहेको मी ११ ले क्वालकम स्न्यापड्रागन ८८८ चिपसेट, १०८ एमपीको ट्रिपल रियर क्यामेरा, सिनेम्याटिक अडियो र ५० वाटको वायरलेस चार्जिङ्सहितको सुविधा उपलब्ध रहेका छन् ।

फ्ल्यागसिप फोन मी ११ ले इमर्सिभ डिस्प्लेको साथ उत्कृष्ट क्यामेरा र पर्फमेन्सको संयोजन गरेर नवीनताको सिमानाहरुलाई पार गरेको शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर सौरभ कोठारीले बताउनुभयो ।

मी ११ एन्टि–ग्लेयर फ्रोस्टेड ग्लास मिडनाइट ग्रे, फ्रोस्ट ह्वाइट र होराइजन ब्लु रंगको भेरियन्टमा उपलब्ध रहेको जनाइएको छ । मी ११ अथोराइज्ड मीस्टोर, अनलाइन र रिटेल पार्टनरहरूमा मे ३० बाट उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यो स्मार्ट फोनको स्थानीय बजार मूल्य ९० हजार रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…