Logo जेठ ३०, २०७८ आइतबार


कुकुरले गर्न थाल्यो कोरोना संक्रमितको पहिचान

एजेन्सी । कोरोना संक्रमित व्यक्तिको पहिचान कुकुरबाट समेत गर्न सकिने भएको छ ।

बेलायतमा गरिएको एक अध्ययनले कोरोना भाइरस संक्रमणको पहिचान कुकुरले पनि गर्नसक्ने पुष्टि भएको हो । अध्ययनमा संलग्न विशेषज्ञहरुका अनुसार अध्ययनका क्रममा ९७ प्रतिशत सफलता प्राप्त भएको छ । युनिभर्सिटी अफ पेन्सिलभेनिया एण्ड कोलाबोरेटर्समा गत अप्रिलमा प्रकाशित जर्नलमा जनाइए अनुसार विशेष ट्रेनिङ प्राप्त ९ कुकुरहरुलाई यस अध्ययनमा सहभागी गराइएको थियो । जसमा ८ वटा लेब्राडोर रिट्रिभर र एउटा बेल्जियन मेलिनोइस प्रजातिका कुकुर थिए ।

ती कुकुरहरुले संक्रमित विरामीको पिशाव सुँघेर पोजेटिभ या नेगेटिभ भन्ने छुट्याएका थिए । त्यसमा ९७ प्रतिशत नतिजा सही भएको समाचारमा जनाइएको छ ।

गत साता बेलायतको लण्डन स्कूल अफ हाइजीन एण्ड ट्रपिकल मेडिसिन एण्ड कोलाबोरेटर्सले झण्डै एक वर्षदेखि गरिरहेको अध्ययनको रिपोर्ट प्रकाशित गरेको थियो ।

रिपोर्टका अनुसार ६ वटा तालिमप्राप्त स्निफर कुुकुरले कोरोना संक्रमित व्यक्तिहरुको गन्ध सुँघेर नमूना पहिचान गरेको थियो । त्यसको सत्यता प्रतिशत ९७.२ पोजेटिभ र नेगेटिभ ९२ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…