Logo असार ४, २०७८ शुक्रबार


कोरोना खोप लगाउनेलाई करोडौं मूल्यको आवासीय फ्ल्याट उपहार

एजेन्सी । हङकङमा कोरोनाविरुद्धको खोप लगाउनेले महँगो आवासीय फ्ल्याट उपहार पाउने भएका छन् ।

कोरोनाविरुद्धको खोप लगाउन नागरिक अनिच्छुक देखिएपछि स्थानीय साइनो ग्रुपले आकर्षक उपहारको योजना ल्याएको हो । कोरोना खोप लगाएकामध्ये एकजनाले ११ मिलियन हङकङ डलर अर्थात करिब साढे १६ करोड रुपैयाँ मूल्य पर्ने आवासीय फ्ल्याट भाग्यशाली गोला प्रथाद्वारा प्रदान गर्ने योजना शुक्रवार सार्वजनिक गरेको छ ।

काउलुनको क्वन तोङको ग्रान्ड सेन्ट्रल आवासीय क्षेत्रमा अवस्थित उक्त फ्लाट ४४९ स्क्वायर फिट क्षेत्रफल र एक बेडरुमसहितको रहेको बताइएको छ । साइनो ग्रुपद्वारा सञ्चालित ङ तेङ फोङ च्यारिटेबल फाउन्डेसन र चाइनिज स्टेट होल्डिङले संयुक्त रूपमा शुक्रबार उक्त घोषणा गरेका हुन्।

फाउन्डेसनले एक लाख डलर बराबरको २० वटा प्रिपेड वा क्रेडिट कार्डसमेत प्रदान गर्ने घोषणा गरेको छ। प्रतियोगितामा सहभागी हुन हङकङको परिचपत्रवाहक तथा कोरोनाविरुद्ध खोपका दुवै डोज लगाएका व्यक्तिले आवदेन दिन पाउँने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो वितरणलाई निरन्तरता दिएको छ…

नयाँ लगानिको व्यवसायमा प्रगति आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ ।

कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने जानकारी दिइएकाे छ ।

किष्ट अस्पतालले विज्ञप्ति निकालेर जाेशीकाे स्वास्थ्यमा सुधार भएकाले डाक्टरकाे सल्लाहमा डिस्चार्ज गरिएकाे बताएकाे छ ।

वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।

बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा…