Logo असार १, २०७८ मंगलबार


ताेकिएकै समयमा निर्वाचन हुन्छ : प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएकै समयमा निर्वाचन हुने बताउनुभएकाे छ।

गणतन्त्र दिवसका अवसरमा आज (शनिबा)र नेपाली सेनाको केन्द्रीय कार्यालय भद्रकालीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निर्धारित समयमै निर्वाचन हुने बताउनुभएकाे हाे ।

चुनाव हुँदैन र भएमा पनि स्वतन्त्र र निष्पक्ष हुँदैन भन्ने कुरा कुप्रचार र निराधार भएको उहाँकाे भनाइ छ ।

सरकारले हरेक पाइलामा घेराबन्दी र विरोध मात्रै सामना गरिरनुपरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसले अमूल्य समयलाई अकमर्णयताबाट रोक्न ताजा जनादेश माग्नु एक मात्रै विकल्प भएको दाबी गर्नुभयाे ।

उहाँले निर्वाचन समयमा नै नहुने भन्ने भ्रममा नपर्न पनि आग्रह गर्नुभयाे । ‘सरकार निर्धारित समयमा नै स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रतिवद्ध छ’ उहाँले भन्नुभयाे ।

‘मुलुकको अमूल्य समयलाई यस्तो अकर्मण्यता र अनुशासनहीनतामा खेर जानबाट रोक्न जनतासँग ताजाजनादेश माग्नु एकमात्र विकल्प हुन पुग्यो। सबै दलहरूले आफूलाई जनपरीक्षण गर्ने अवसर पनि यस क्रममा नै प्राप्त गर्ने छन् । तसर्थ सरकार आगामी आमनिर्वाचनलाई निर्धारित समयमा नै स्वच्छ, निष्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न गर्न प्रतिबद्ध छु ।’ उहाँले भन्नुभयाे ।

प्रधानमन्त्रीकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी कात्तिक २६ र मंसिर ३ गतेका लाग निर्वाचनको मिति घोषणा गर्नुभएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…