Logo असार ४, २०७८ शुक्रबार


दुर्गा प्रसाईको सहयोग उज्वल थापाको परिवारद्वारा अस्वीकार

काठमाडौं । विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वल थापाको परिवारले मेडिकल कलेज व्यवसायी दुर्गा प्रसाईले गर्ने भनिएको सहयोग अस्वीकार गरेको छ ।

थापाको परिवारका तर्फबाट शनिवार विज्ञप्ति जारी गरी प्रसाईले उपचारका लागि गर्ने भनेको सहयोग आवश्यक नपर्ने जनाएको हो ।
परिवार, आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको खर्च व्यहोरिरहेको र भविष्यमा पनि त्यसै गर्ने भएकोले प्रसाइको सहयोग आवश्यक नरहेको विज्ञप्तिमा उल्लेख छ।

प्रसाईँले यसअघि थापाको उपचारमा लाग्ने सम्पूर्ण सहयोग आफूले व्यहोर्ने घोषणा गर्नुभएको थियो ।

विवेकशील नेपाली दलको संस्थापक अध्यक्ष तथा विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वल थापा करिब दुई हप्तादेखि कोरोना संक्रमित भई अस्पतालमा उपचार गराइरहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो वितरणलाई निरन्तरता दिएको छ…

नयाँ लगानिको व्यवसायमा प्रगति आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ ।

कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने जानकारी दिइएकाे छ ।

किष्ट अस्पतालले विज्ञप्ति निकालेर जाेशीकाे स्वास्थ्यमा सुधार भएकाले डाक्टरकाे सल्लाहमा डिस्चार्ज गरिएकाे बताएकाे छ ।

वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।

बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा…