Logo जेठ ३०, २०७८ आइतबार


जसपा अध्यक्ष महन्थ ठाकुरसहित ४ नेतालाई पार्टीबाट निष्काशन गर्ने चेतावनी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले अध्यक्ष महन्थ ठाकुरसहित ४ नेतालाई पुनः स्पष्टीकरण माग गरेको छ ।

अध्यक्ष उपेन्द्र यादव पक्षले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई अझै स्पष्टीकरण
नआएको भन्दै पत्र पठाएको हो । जसपाले जेठ ११ गते स्पष्टीकरण माग्दै चार नेतालाई पत्र पठाएको थियो।

तर अहिलेसम्म स्पष्टीकरण नबुझाएपछि शनिवार पुनः स्ष्टीकरण माग्दै पत्र पठाइएको हो।

ुजेठ ८ गतेको कार्यकारिणी समितिको बैठकको निर्णय नं ४ बमोजिम तपाईलाई कारबाही किन नगर्ने भनि स्पष्टीकरणको जवाफ प्राप्त हुन नबएकोले दोस्रो पटक पुनस् यो पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र चित्त बुझ्दो स्पष्टीकरण लिइ आउन अनुरोध छु, पत्रमा भनिएको छ।

पत्र प्राप्त गरेको म्याद भित्र चित्तबुझ्दो सन्तोषजनक जवाफ प्राप्त नभएमा पार्टीबाट निष्काशनसमेत हुने चेतावनी दिइएको छ।

विभाजनको संघारमा रहेको जसपाको ठाकुर पक्षले पनि यसअघि नै अध्यक्ष यादव पक्षलाई पार्टी निर्णय विपरित शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेको भन्दै स्पष्टीकरण सोधेका थिए।

प्रतिक्रिया दिनुहोस्
विशेष

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…