Logo जेठ ३०, २०७८ आइतबार


सुर्खेतमा एमालेको खनाल–नेपाल समूहको कमिटी गठन

सुर्खेत । नेकपा (एमाले) को खनल–नेपाल समूहले सुर्खेतमा समानान्तर कमिटी गठन गरेको छ ।

शुक्रबार साँझ पार्टीका सचिव मोहनसिंह बडुवालको अध्यक्षतामा २२७ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो ।

कमिटीको उपाध्यक्ष टोपबहादुर रास्कोटी, सचिव शिवप्रसाद उपाध्याय र उपसचिव बलबहादुर नेपाली रहनुभएको छ ।

अध्यक्ष बडुवालले समानान्तर कमिटी गठन आफूहरुको रहर नभई बाध्यता भएको बताउनुभयो । अध्यक्ष एवं प्रधानमन्त्री ओलीले सरकारमा बस्दा राष्ट्रका नाममा गरेका निर्णय र पार्टीको आन्तरिक जीवनलाई तहस नहस पार्ने गरी गर्नुभएको निर्णयविरुद्धमा समानान्तर कमिटी गठन गरेको उहाँले बताउनुभयो ।

पार्टी एकताका लागि ओलीलाई दवाव दिन पनि समानान्तर कमिटी गठन गर्नुपरेको बडुवालको भनाइ छ । पार्टीले जुनसुकै कारबाही गरे पनि नडराउने उहाँले प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।