Logo असार १, २०७८ मंगलबार


राष्ट्रपतिबाट तीनवटा अध्यादेश जारी, बजेट ल्याउन सरकारलाई बाटो खुल्यो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार तीनवटा अध्यादेशहरु जारी गर्नुभएको छ ।

राष्ट्रपतिले नेपालको संविधानको धारा ११४ को उपधारा (१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ‘आर्थिक अध्यादेश, २०७८’, ‘विनियोजन अध्यादेश, २०७८’, र ‘राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८’ जारी गर्नुभएको हो । राष्ट्रपतिबाट अध्यादेश जारी भएपछि सरकारलाई बजेट प्रस्तुत गर्ने बाटो खुलेको छ ।

आज बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्न सिफारिस गरेको थियो ।

सरकारले आगामी आर्थिक वर्षको बजेट आजै सार्वजनिक गर्दैछ । संसद् अधिवेशन चालु नरहेकाले अध्यादेशमार्फत बजेट ल्याउन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।