Logo असार १, २०७८ मंगलबार


विषाक्त मदिराको सेवनबाट २२ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको उत्तर प्रदेशमा विषाक्त मदिराको सेवनबाट कम्तीमा २२ जनाको ज्यान गएको छ ।

प्रदेशको अलिगार्च जिल्लामा ती व्यक्तिहरुको मृत्यु भएको हो ।

उत्तर प्रदेशको सदरमुकाम लखनउबाट करिब ४१६ किलोमिटर टाढा रहेको सो गाउँमा उक्त दुर्घटना भएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

विषाक्त रक्सीको सेवनबाट अरु केही व्यक्ति समेत अस्पताल भर्ना भएका जनाएका छन् । अस्पताल भर्ना भएकाहरुको अवस्था पनि गम्भीर रहेको जनाइएको छ । बिहीबार साँझ ती व्यक्तिहरुले एक लाइसेन्स रहेको पसलबाट नै रक्सी किनेका थिए ।

सो रक्सी सेवनबाट बिरामी भएका उनीहरुको शुक्रबार साँझ ज्यान गएको हो । यहाँका प्रहरी अधिकारीहरुले सो क्षेत्रका पाँचवटा रक्सी पसल ‘सिल’ गरी पसलका मालिकहरुलाई नियन्त्रणमा लिएका छन् । ती पसललाई रक्सी बेच्ने अनुमति दिने सरकारी अधिकारीलाई समेत खोजी गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।