Logo जेठ ३०, २०७८ आइतबार


मदिराजन्य पदार्थकाे मूल्य वृद्धि

काठमाडाैं । सरकारले रक्सी, चुरोटलगायत मदिरा तथा सुर्तीजन्य पदार्थमा लाग्ने अन्तःशुल्क वृद्धि गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अन्तःशुल्क वृद्धि गरेको जानकारी दिनुभएकाे हाे ।

‘मूल्य अभिवृद्धि करको दर यथावत राखेको छु, भन्सार महसुलका दरहरुमा सामान्य समायोजन गरेको छु,’ बजेट सार्वजनिक गर्दै उहाँले भन्नुभयाे, ‘मदिरा, बियर, वाइन, चुरोट, सुर्तीजन्य तथा हल्का पेय पदार्थमा अन्तःशुल्क वृद्धि गरेको छु ।’

यसले अब रक्सी, बियर तथा चिसो पेय पदार्थ साथै चुरोट लगायतका सुर्तीजन्य पदार्थको बजार मूल्य समेत बढ्नेछ । यसैगरी छुटको सीमाभन्दा बढी करयोग्य वस्तु तथा सेवाको कारोबार गर्ने करदातालाई मूल्य अभिवृद्धि करको दायरामा ल्याइने अर्थमन्त्री पौडेलले बताउनुभएकाे छ।

मूल्य अभिवृद्धि करमा दर्ता भएका सबै करदाताले क्रमशः अनिवार्य रुपमा विद्युतीय प्रणालीबाट विजक जारी गर्नुपर्ने व्यवस्था मिलाइने समेत हिजाे सार्वजनिक गरेकाे बजेटमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…