Logo असार १, २०७८ मंगलबार


मौसम खुलेसँगै सगरमाथामा आरोहीको भीडभाड

काठमाडौं । मौसम खुल्ला भएसँगै सगरमाथा आरोहीहरुले पुनः आरोहण सुरु गरेका छन्।

मौसम सफा भएपछि आरोहण फेरी सुरु भएको हो । करिब ६० जना विदेशी आरोहणको क्रममा रहेको पर्यटन विभागले जनाएको छ। एकैपटक धेरै आरोहीहरु शिखरतर्फ लम्किदा क्यूमा बस्नुपर्ने स्थिति समेत देखिएको बताइएको छ ।

यस वर्षको पहिलो सिजनका लागि ४ सय ८ जनाले विभागबाट अनुमति लिएका थिए । तीमध्ये धेरैले आरोहण गरिसकेको विभागकी निर्देशक मिरा आचार्यले बताउनुभयो ।

केहि दिनपहिले मौसममा आकस्मिक परिवर्तन आएपछि पर्यटन विभागले ओरोही तथा पर्वतीय पथप्रदर्शकहरुलाई सुरक्षित रहन आग्रह गरेको थियो।

मौसम खराब भएपछि ८ हजार मिटर उचाईमा पुगेका आरोही केहि तल सुरक्षित स्थानमा झरेका थिए।

मौसमका कारण आरोहण प्रभावित भएपछि वसन्त यामको अरोहण अवधि बढाएर जुन ३ सम्म पुर्याएको छ । वसन्त यामको आरोहण अनुमति मे महिनाको अन्तिमसम्म मात्र हुँदै आएको छ ।

यस पटकको वसन्त याममा मे ७ मा काजी शेर्पा लगायतको टोली सबैभन्दा पहिले सगरमाथा शिखरमा पुगेको थियो । त्यसदेखि यता २० दिनमा झण्डै ३५० जना आरोही शिखरमा पुगेका छन् । २ सय जना आरोहीले भने कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै आरोहण परित्याग गरेका थिए ।

तस्बिर : मिङ्मादोर्जी शेर्पाको सामाजिक सञ्जालबाट

प्रतिक्रिया दिनुहोस्
विशेष

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।