Logo जेठ ३०, २०७८ आइतबार


कोरोना संक्रमित भैसकेकाहरुलाई वैज्ञानिकले ल्याए खुशीको खबर

काठमाडौैं । भारतमा गरिएको एक अध्ययनले एक पटक कोरोना भाइरस संक्रमण भएका व्यक्तिका लागि एउटै डोज कोरोनाविरुद्धको खोप पर्याप्त हुने पाइएको छ ।

बनारस हिन्दू विश्वविद्यालयका वैज्ञानिकहरुले गरेको अध्ययन र अनुसन्धानले एक पटक कोरोनाबाट संक्रमित भैसकेका व्यक्तिको शरीरमा आवश्यक एन्टीबडी निर्माणका लागि कोरोनाविरुद्धको एक डोज खोप नै पर्याप्त हुने पाइएको हो । यस्ता एन्टीबडी कोरोना भाइरससँग लड्न प्रभावकारी रहेको पाइएको पनि बताइएको छ ।

एकपटक पनि कोरोना संक्रमित नभएका व्यक्तिको शरीरमा भने खोप लगाइसकेपछि पनि एन्टीबडी तयार हुन ३ देखि ४ हप्ता लाग्ने अध्ययनबाट पुष्टि भएको छ । अध्ययन कार्यदलका वैज्ञानिकहरुले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखी कोरोना संक्रमित भैसकेकाहरुलाई एक डोज खोप अनिवार्य लगाउने व्यवस्था मिलाउन सुझाव दिएका छन् । अहिलेसम्म भारतमा कोरोना संक्रमणमुक्त हुनेको संख्या झण्डै दुई करोड रहेको छ । उनीहरुले यस्ता व्यक्तिहरुलाई एक डोज भन्दा बढी खोप आवश्यक नपर्ने भएकोले धेरै व्यक्तिलाई खोप लगाउन सकिने पनि बताएका छन् ।

विश्वविद्यालयको जीवविज्ञान विभागका वैज्ञानिकहरुले २० जनामा नमूना अध्ययन गरेका थिए । उक्त अध्ययन कोरोनाका लागि जिम्मेवार मानिने भाइरसमाथि केन्द्रीत थियो । अध्ययनमा एकपटक कोरोना संक्रमित भएर निको भएका व्यक्तिको शरीरमा खोप लगाएपछि निकै द्रुत गतिमा एन्टीबडी विकास भएको पाइएको समाचारमा जनाइएको छ ।

खोपको अभाव भैरहेको समयमा वैज्ञानिकहरुको यो अनुसन्धानले राहत दिए पनि यस्तो एन्टीबडी केही हप्तापछि नै ह्रास हुँदै जाने खतरा पनि रहने हो कि भन्ने चिन्ता भने यथावत रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…