Logo जेठ ३०, २०७८ आइतबार


साउदी अरबबाट फर्केर व्यावसायिक बङ्गुरपालन

तनहूँ । जिल्लाको देवघाट गाउँपालिका–२ खाल्टे निवासी इन्द्रबहादुर सुनारीले व्यावसायिकरूपमा बङ्गुर पाल्न शुरु गर्नुभएको छ । साउदी अरब र कतारमा लामो समय बिताउनुभएका सुनारीले स्वदेश फर्किएपछि बङ्गुर पाल्न शुरु गर्नुभएको हो ।

गत वैशाख महिनादेखि व्यावसायिकरूपमा बङ्गुर पाल्न थालेको उहाँले बताउनुभयो । श्री लाफा पशुपन्छी कृषि तथा बङ्गुर पालन फार्म दर्ता गरी शुरुमा रु चार लाख लगानी गरेर स्वदेशमै बसेर कृषि व्यवसाय शुरु गरेको उहाँको भनाइ छ । धेरै क्षेत्रको अनुभव बटुल्नुभएका सुनारीले कृषि क्रान्ति गरी गाउँमै स्वरोजगार बन्ने उद्देश्यले व्यवसाय थालेको बताउनुभयो ।

उहाँको फार्ममा अहिले ल्याडेस, धराने कालो बङ्गुर, दिउरोग गरी सात पाठी र सय प्रतिशत जातको चार वीर पाठा छन्। बङ्गुर पालनसँगै भविष्यमा माछा पालन, बोइलर तथा लोकल कुखुरा पालन गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।