Logo असार १, २०७८ मंगलबार


राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा मतदान जारी, आजै भर्चुअल माध्यमबाट मतपरिणाम सार्वजनिक गरिने

काठमाडौं । लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रियसभामा रिक्त एक पदका लागि मतदान जारी छ ।

दाङको घोराही उप–महानगरापालिकास्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि शुरु भएको मतदान अझै जारी छ । मतदानका लागि ३ बजेसम्म समय तोकिएको छ । उपनिर्वाचनमा मुख्यमन्त्री शङ्कर पोख्रेलले पहिलो मतदान गरेर शुरुआत गरिएको थियो ।

निर्वाचनमा प्रदेशसभाका ८३ र गाउँपालिका अध्यक्ष–उपाध्यक्ष, नगरपालिका प्रमुख–उपप्रमुख २१९ जना गरी ३०० मतदाता रहेका छन् । उपनिर्वाचनमा हालसम्म २८० जना बढीले मतदान गरेका छन् ।

एमालेको तर्फबाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनको तर्फबाट दृगनारायण पाण्डे उमेदवार छन् । मतपरिणाम भर्चुअल माध्यमबाट सार्वजनिक गरिने भएको छ । कोरोनाको समयमा भीडभाड कम गर्न भर्चुअल माध्यमबाट मत परिणाम सार्वजनिक गर्न लागिएको सहायक निर्वाचन अधिकृत नीमराज भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…