Logo जेठ ३०, २०७८ आइतबार


चीनले बनायो तीन सन्तान जन्माउन पाउने कानून

एजेन्सी । चीन सरकारले दुई सन्तानको नीति संशोधन गर्ने भएको छ ।

नयाँ नीति आएपछि चिनियाँ दम्पत्तीलाई तीन सन्तान जन्माउन पाउने अधिकार हुनेछ ।

चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्यूरो छलफलमा राष्ट्रपति सी जिनपिङले सोमबार यो नीतिलाई स्वीकृति दिएको चीनको सरकारी एजेन्सी शिन्ह्वाले जनाएको छ । देशको जनसंख्या वृद्धिदर उल्लेख्य रुपमा घट्दै गएपछि चीनले नयाँ नीति ल्याएको हो । यहाँको जनसंख्या वृद्धिदर पछिल्लो एक दशकमा निकै घटेको समाचारमा उल्लेख छ ।

चिनियाँ सरकारले तीन सन्तान जन्माउने दम्पत्तीलाई प्रोत्साहन गर्ने नीति पनि लागू गर्ने बताएको छ । तेस्रो सन्तान जन्माउन प्रोत्साहनस्वरूप अवकाश पाइने समय सार्ने, बालबच्चाको हेरविचार गर्ने सुविधामा सुधार गर्ने, सुत्केरी बिदा बढाउने, चाइल्ड बर्थ इन्स्योरेन्स गर्नुका साथै युवाहरूलाई विवाह र परिवारबारे शिक्षा दिइने जानकारीमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…