Logo असार ४, २०७८ शुक्रबार


गैरआवासीय नेपाली संघ अमेरिकाको अध्यक्षमा सुवेदी विजयी

काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको अध्यक्षमा बुद्धिसागर सुवेदी निर्वाचित हुनुभएको छ ।

गत मे २९ र मे ३० का दिन विद्युतीय प्रणालीबाट भएको मतदानमा आफ्ना ३ प्रतिस्पर्धीलाई पछि पार्दै सुवेदी आगामी कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा कृष्ण जीबी पन्त विजयी हुनुभएको छ । वर्तमान कार्य समितिमा उपाध्यक्ष रहनुभएका पन्त सर्वाधिक मत प्राप्त गरि वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुभएको हो ।

गत शनिवार र आइतवार भएको मतदानमा ७८ दशमलव ३२ प्रतिशत मतदान भएको थियो । मतदानका लागि कुल २०,१३९ मतदाता रहेकोमा १५,७६८ ले मतदान गरेका थिए । जसमध्ये सुवेदी ५ हजार ६ सय १८ मत ल्याई विजयी हुनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो वितरणलाई निरन्तरता दिएको छ…

नयाँ लगानिको व्यवसायमा प्रगति आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ ।

कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने जानकारी दिइएकाे छ ।

किष्ट अस्पतालले विज्ञप्ति निकालेर जाेशीकाे स्वास्थ्यमा सुधार भएकाले डाक्टरकाे सल्लाहमा डिस्चार्ज गरिएकाे बताएकाे छ ।

वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।

बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा…