Logo जेठ ३०, २०७८ आइतबार


बजेटको सकरात्मक प्रभाव : गाडीको मूल्य २३ लाखसम्म घट्यो

काठमाडौं । नेपाली बजारमा इलेक्ट्रिक गाडीको मूल्य घटेको छ ।

सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर घटाए पश्चात मूल्य घटेको हो ।

नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले एउटै गाडीको २३ लाख रुपैयाँ मूल्य घटाएको छ ।

वेबसाइटमार्फत सार्वजनिक नयाँ मूल्य सूची अनुसार हुन्डाई कोना इलेक्ट्रिक गाडीको मूल्य एकैपटक २३ लाख रुपैयाँले घटेको छ । नेपाली बजारमा उपलब्ध दुई मोडलका कोना इलेक्ट्रिक मध्ये एउटा १०० किलोवाट र अर्को १५० किलोवाट क्षमताको छ ।

१०० किलोवाट क्षमतायुक्त कोनाको मूल्य ७६ लाख ९६ हजारबाट घटेर ५६ लाख ९६ हजार पुगेको छ । यसमा २० लाख रुपैयाँले मूल्य घटेको छ । अर्को १५० किलोवाट कोना इलेक्ट्रिकको मूल्य भने ९४ लाख ९६ हजारबाट २३ लाख रुपैयाँ घटेर ७१ लाख ९६ हजार रुपैयाँ तोकिएको हो ।

नेपाली बजारमा उपलब्ध हुन्डाईको अर्को इलेक्ट्रिक गाडी आयोनिक ईभी हो । १०० किलोवाट क्षमतायुक्त आयोनिकको मूल्य ७६ लाख ९६ हजारबाट ५७ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । यसमा १९ लाख रुपैयाँ मूल्य घटेको छ ।

गत वर्षको बजेटमार्फत अन्तःशुल्क र भन्सार कर निकै बढाइएकाले अटोमोबाइल कम्पनीहरुले बाध्य भएर नयाँ मूल्य सूची सार्वजनिक गरेका थिए । हालै प्रस्तुत गरिएको बजेटमार्फत अन्तःशुल्क पुरै खारेज गरिएको छ भने भन्सार दर पनि उल्लेख्य रुपमा घटाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।